latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २६

नेपाली कांग्रेसको आसन्न महासमिति बैठकका लागी अवधारणा पत्र तयारी बैठक रिमिघामा लेकमा आज बस्दै छ । संबिधानका पिता स्वर्गीय शुसिल कोइरालाको ८ औं स्मृती दिवसको अवसर परि पाल्पाको ग्रामिण पर्यटनलाई टेवा पुर्याउने उद्धेश्यले रिमिघा लेकमा बैठक बेलाइएको हो ।
बैठकमा जिल्लाको पार्टीको संगठनिक अवस्था, केन्द्रिय महासमिति बैठकका लागी पाल्पा जिल्लाको अवघारणामा एक रुपता कायम गर्ने उद्धेश्यले बैठक डाकिएको नेपाली कांग्रेस विल्ला सभापती हिमालदत्त श्रेष्ठले जानकारी दिनुभयो ।

फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरमा हुन लागेको महासमिति बैंठकका लागि साझा अवधारण बनाउने र जिल्लाको पार्टी संगठनलाई थप बलियो र मजबुद बनाएर लैजान बैंठकमा घनिभूत छलफल गरिने सभापति श्रेष्ठले बताउनुभयो ।

बैंठकमा महासमिति सदस्य राजेन्द्र गोपाल सिंहले अवधारण पत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पार्टी प्रवक्ता शोभाखर न्यौपानेले जानकारी दिनुभयो । समुदायमा काँग्रेस अभियान अन्तर्गत समुदायबाट आएका सुझाव, सल्लाहलाई अवधारण पत्रमा समावेश गरिएको छ । उक्त अवधारण पत्र बैंठकमा प्रस्तुत गरी आवश्यकता अनुसार संशोधन गरी केन्द्रीय महासमिति बैंठकमा लैजाने प्रवक्ता न्यौपानेले बताउनुभयो । बैंठक शुक्रबार बिहान ९ बजेदेखि ३ बजेसम्म चल्ने छ । बैंठकको तयारी अन्तिम चरणमा पुगेको पार्टी सचिवालयले जनाएको छ । काँग्रेसले स्थानीय व्यवस्थापनको लागि वडा कार्यसमिति र यातायात व्यवस्थापनको जिम्मेवारी काँग्रेस क्षेत्र नं १ का क्षेत्रिय सभापति झमनबहादुर राज मगरलाई दिएको छ । बैंठकमा क्षेत्र नं। १ र २ का २५ जना महासमिति सदस्यहरुको उपस्थिति रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय