latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ २५
तानसेन टुडिखेल मैदानमा जारी जिल्ला स्तरिय अन्तरपालिका राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगीताको उपाधी तानसेन नगरपालिकाले जितेको छ । बिहिबार सम्पन्न प्रतियोगीतामा सबैभन्दा बढी पदक जित्दै तानसेन नगरपालिका प्रथम बनेको हो । तानसेन नगरपालिकाले २५ स्वर्ण, १० रजत र १९ कास्य सहित कुल ५४ पदक सहित उपाधी जितेको छ ।
पूर्वखोला गाउँपालिकाले १० स्वर्ण, ६ रजत र ४ कास्य सहित २० पदक सहित दोस्रो भयो । प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र ११ कास्य सहित ३० पदक पाएर रामपुर नगरपालिका तेस्रो बनेको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक घिमिरेले जानकारी दिनुभयो ।
त्यस्तै बगनासकाली गाउँपालिकाले ८स्वर्ण, ४ रजत र ११ कास्य प्राप्त गर्दा माथागढी गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य पदक प्राप्त गर्यो । प्रतियोगीतामा रम्भा गाउँपालिकाले २स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गर्यो ।

रिब्दीकोट गाउँपालिकाले २ स्वर्ण, १ रजत र २ कास्य पदक प्राप्त गर्दा निस्दस् गाउँपालिकाले १ स्वर्ण र ३ रजत पदक हात पार्यो । भने तिनाउ गाउँपालिकाले ९ रजत र ९ कास्य पदक प्राप्त गरेको छ । त्यस्तै रैनादेबी छहरा गाउँपालिकाले १ रजत र १ कास्य पदक प्राप्त गरेको छ ।
विजयी खेलाडीलाई लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, लुम्विनी प्रदेश सभाका सदस्य वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरे, लगायतले मेडल, प्रमाणपत्र वितरण गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय