latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेकपा एमाले पाल्पाले तानसेनमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तालिमकाे उद्घाटन गर्दै समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताए ।

एमाले पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने, ‘कि अपडेट हुन सक्नुपर्छ। कि आउटडेटेड हुनुपर्छ।’ पुरानो सोचका आधारमा नेता बन्न सक्ने अवस्था नरहेको उनले बताए। मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले रहेको भन्दै पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने उनले बताए।

‘पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएको छ। यिनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउन थालेका छन्। अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेका छन्’, उनले थपे ‘व्यक्ति समयअनुसार परिवर्तन हुनुपर्छ। आधुनिकतासँगै घुलमिल हुने क्षमता वृद्धि गर्नेतर्फ लाग्नुपर्छ। समय सापेक्ष बन्न नसके अब जनताले विश्वास गर्दैनन्।’  फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएकाहरू नेता तथा कार्यकर्तामा एक रुपता ल्याउन समेत प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने उपमहासचिव ज्ञवालीले जनाए ।

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका करिब सय बढी नेताको सहभागिता रहेको एमाले पाल्पाले जनाएकाे छ । कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय