latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । पालिकामा छनौट भएकाहरूबाट १० वटै पालिकाका खेलाडीहरू जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा खेल्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती वसन्तले खेल क्षेत्रलाई अघि बढाउन प्रदेश सरकारले दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताउनुभयो । सभामुख घर्तीले खेल क्षेत्रलाई स्थानीय तहहरुले पनि प्राथमिकता दिएर काम गरिरहेको भन्दै आवश्यक थप सहयोग गर्न प्रदेश सरकार संग समन्वय गर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा प्रदेशसभा सदस्यहरु वीर बहादुर राना, खेम बहादुर सारु, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, रम्भा गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद भण्डारी, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष शैलेन्द्र भट्टराई लगायतकाे उपस्थिति थियाे ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले प्रतियोगिता मर्यादित, अनुशासित र नियम पुर्वक सम्पन्न हुने बताउनुभयो । अध्यक्ष घिमिरेले खेलाडीहरुको उचित व्यवस्थापन गर्न सम्बन्धित पालिकाहरुलाई अनुरोध गरेको र केहि अप्ठेरो भए जिल्ला खेलकुद विकास समितिले समन्वय गर्ने बताउनुभयो । प्रतियोगिता माघ २५ गते बिहिबार सम्पन्न हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिताको पहिलो दिन १५०० मिटर दौड छात्रछात्रा, ४०० मिटर दौड छात्रछात्रा, भलिबल, कबड्डी, तेक्वान्दोलगाएतका खेलहरु सञ्चालन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय