latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा, माघ

पाल्पाकाे फेकमा श्रीमान्-श्रीमती मृत फेला परेका छन् । रिब्दीकोट गाउँपालिका–८, फेकका ४२ वर्षीया श्यामकला गाहा र उनकै श्रीमान् ५३ वर्षीय अम्मरबहादुर गाहा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार श्रीमती श्यामकला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् । श्रीमान् अम्बरबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान टोली खटिएको थियो । दुबैको जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टम गरिएको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिका–२, देउराली डम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट घटनाको अनुसन्धान अघि बढाइएको छ ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय