latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

राजेन्द्र लिगल

पाल्पा, माघ २२

नेपाल नेत्रज्योति संघ पाल्पा को २३ औ बार्षिक साधारणसभा आज तानसेन मा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि संघका लुम्बिनी प्रदेश सभापति सागर प्रताप राणाले आखा स्वास्थ राजनीति नगरी स्वयंसेवक भावना ले अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो।

प्रमुख अतिथि राणाले नेत्रज्योति संघ को समन्वय चन्दा दाता जग्गा दाताहरुको सहयोग ले देश भरका आखा अस्पताल संचालन भएको बताउनु भयो।कार्यक्रम मा सचिव राजेन्द्र लिगल ले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै फागुन महिना देखी आधुनिक प्रबिधि बाट आखा को सल्यक्रिया हुने तयारी भएको बताउनु भयो।सचीव लिगल ले नेत्रज्योति संघ पाल्पा ले पाल्पा लायन्स लाकोल आखा अस्पताल तानसेन कालीगण्डकी आखा उपचार केन्द्र रामपुर ,तिनाउ आखा उपचार केन्द्र दोभान र छहरा आखा उपचार केन्द्र गरि ४ स्थानबाट सेवा प्रदान गर्दै आयको र गुल्मी अर्घाखाँची र रामपुर मा महिना को एक पटक सल्यक्रिया सेवा दिदै आयको बताउनु भयो।कार्यक्रम मा कोषाध्यक्ष बेदराम श्रीस ले नेत्रज्योति संघ तर्फ करिब ८ लाख बराबर को र आखा अस्पताल तर्फ ४ करोड ४३ लाख ८३ हजार ९३८ रुपैया बराबर को आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।कार्यक्रम मा आजिवन सद्स्य केदार लाल श्रेष्ठ, छिमेकी जिल्ला नेत्रज्योति संघ का कोषाध्यक्ष राजेस ढकाल , कालीगण्डकी आखा उपचार केन्द्र का प्रतिनिधि भोजेन्द्र प्रकाश ढकाल लगायतले सुभकामना मन्तब्य दिनु भएको थियो।

नेत्रज्योति संघ का भुतपुर्व सहसचीव स्वर्गीय लोक प्रसाद ढकाल को स्मृतिमा धर्मपत्नी शारदा ढकाल ले अस्पताल मा एउटा कक्ष निर्माणका लागी रु ३ लाख ५ रुपैयाँ आर्थिक सहयोग गर्नु भएको भएको थियो ।कार्यक्रम मा संघ का उप= सभापति भिमसेन कार्की ले स्वागत सचीव राजेन्द्र लिगल को सन्चालन र बुद्धि प्रसाद शर्मा को सभापतित्व मा सम्पन्न भएको थियो। बन्द सत्र ले सचीव को बार्सिक प्रतिबेदन र कोषाध्यक्ष ले प्रस्तुत गर्नु भयंको आर्थिक प्रतिबेदन सुझाब सहित पास गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय