latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

रिब्दीकोट गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रममा बाेल्ने जनताहरूले गाउँपालिकाले दीगाे याेजना सञ्चालन गर्न सुझाव व्यक्त गरेका छन् । गाउँपालिकाले गरेका बिकास निमार्ण र सेवा प्रभाहका बारेमा  सेवा ग्राही तथा सरोकारवालाहरुले बिभिन्न जिज्ञाशाहरु राखेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिका मार्फत चालु आर्थिक वर्षमा गाउँपालिका मार्फत भएको सेवाप्रवाह र प्रभाव सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अर्यालले गाउँपालिकाको सेवाप्रवाह र सुशासन, आर्थिक प्रशासन तर्फ भएको प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले कृषि शाखा, पशु सेवा शाखा, स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकूद शाखा मार्फत भएका मुख्य मुख्य कार्यक्रम र ती कार्यक्रमहरुको प्रभाव समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यस्तै पूर्वाधार विकासको अवस्था, र प्रगति, निर्माण कार्यको भौतिक प्रगति, गाउँपालिका मातहतमा संचालित अन्य आयोजनाहरु, पालिका भित्रका सबै वडाहरुको भौतिक तथा बित्तिय प्रगति समेत उहाँले प्रस्तुत गर्नुभयो ।

सेवाग्राहीहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले सबैको सुझाव सल्लाह बमोमिज पालिकाले आगामी वर्षको नीति कार्यक्रम बनाउने बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाइको समयमा मात्रै नभएर अन्य समयमा पनि पालिकालाई सुझाव दिन सहभागीहरुलाई आग्रह गर्नुभयो । शिक्षा, स्वास्थ्य, कृषि पशुपालनका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनुपर्ने, हार्थोक छहरा मोटर बाटो मर्मत गर्नु पर्ने, कुसुमखोलाको वडा भवन बनाउन पर्ने जस्ता सुझाव तथा जिज्ञासा सहभागीहरूले राखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु कर्मचारी पत्रकार लगाएतको सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय