latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई सहयोग, शुभकामना आदानप्रदान तथा दीपप्रज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ । दिवसको अवसरमा सोमवार गार्गी माध्यमिक विद्यालय तानसेन ११ बन्दीपोखराका १० जना बिद्यार्थीलाई जुत्ता मोजा र शैक्षिक सामाग्री बितरण गर्याे ।

कार्यक्रममा नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले प्रेस चौतारी आफ्नो जन्मोत्सव विपन्न तथा जेहन्दार विद्यार्थी बिच मनाउनु राम्रो काम भएको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमलराज तिमिल्सेनाले स्थापना दिवसका अवसरमा सबै श्रमजीवि पत्रकारहरुलाई शुभकामना दिँदै चौतारीको विपन्न विद्यार्थीका लागि चौतारी कार्यक्रमको प्रशंसा गर्नुभयो । अर्का केन्द्रीय सदस्य मिलन विश्वकर्माले पहिलो चरणको सहयोग कार्यक्रममा सीमित विद्यार्थीहरुका लागि गरिएको बताउँदै आवश्यकता अनुसार सहयोगका कार्यक्रम निरन्तरता दिने बताउनुभयो ।
पूर्व केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेस चौतारी २६ वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले प्रगतिशील विचारका पत्रकारहरुको संगठन चौतारी भएकोले यसले गर्ने सबैखाले कार्यक्रम सिर्जनशील र रचनात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले तानसेन ११ का वडा कमिटी अध्यक्ष लक्ष्मण गोदार, विद्यालयका प्रद्यानाध्यापक यादव घिमिरेले स्थापना दिवसका अवसरमा विद्यालयलाई छनोट गरी सहयोग कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु अधिकांश कमजोर आर्थिक अवस्था भएका परिवारबाट भएकोले प्राप्त सहयोगले ठूलो सहयोग भएको बताउनुभयो ।

विद्यालयमा अध्ययनरत अभिभावक विहीन र जेहेन्दार विद्यार्थीमलाई छनोट गरी विद्यालय पोशाकको जुत्ता, मोजाका साथै शैक्षिक सामाग्री वितरण गरिएको प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो ।
यसैबीच प्रेस चौतारी नेपाल पाल्पाको कार्यालयमा सोमवार नै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले नेपाल राजनीतिक सामाजिक आन्दोलनमा प्रेस चौतारी आवद्ध पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रम शाखा उपाध्यक्ष सन्तोष बस्यालको स्वागत, सहसचिव सन्तोष ज्ञवालीको संचालन र अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय