लुम्बिनी, माघ २१
नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेल्टाका केन्द्रियअध्यक्ष प्राध्यापक मोतिकला सुब्बा देवानले उद्घाटन गर्नुभएको अधिवेशनले पाल्पाका गोपाल प्रसाद वश्यालको अध्यक्षतामा १९ जनाको कार्यसमिति सर्बसम्मतनिर्बाचितगरेको निर्बाचन समिति संयोजकअधिवक्ता ईश्वरराज न्यौपानेले बताउनुभयो ।
निर्बाचित कार्यसमितिलाई बधाई दिंदै नेल्टा अध्यक्ष देवानले देशभरमा अंग्रेजी शिक्षण र शिक्षकहरूको पेशागतविकासमा नेल्टाले खेलेको भूमिकाको चर्चा गर्दै विदेशीहरूकाविचमा समेत नेल्टाले प्रतिष्ठा कमाउन सकेको बताउनु भयो । उहाँले लुम्बिनीप्रदेश समितिले गरेका असलकार्यको प्रशंसा गर्दै सफलकार्यकालको शुभकामनादिनुभयो । उहाँले नेल्टाको आसन्नफागुन ५ देखि ७ सम्म काठमाडौमा हुने २८ औं अन्तर्राष्ट्रिय सम्मेलनमाविश्वभरका करीव एक हजार शिक्षकको भेलाभएकोले अधिकतम सहभागिताकालागिआव्हान गर्नुभयो ।
नेल्टा प्रदेश समितिकानवनिर्वाचितअध्यक्षवश्यालले अग्रजहरूको निर्देशन, सुझाव र सदस्यहरूको अपेक्षाअनुसार कार्य गर्ने बताउँदै महिलाशिक्षकहरूको सशक्तिकरण, तालिमनिर्देशिका र प्रशिक्षण, कार्यपत्रतथा अनुसन्धनात्मक लेखन, डिजिटल शिक्षण लगायतका क्षेत्रमाप्राथमिकताका साथकार्य गर्ने बताउनु भयो ।
निबर्तमानअध्यक्षलोकनाथउपाध्यायले नेल्टाले शिक्षकहरूको कार्यक्षमता र नतिजा सुधारमा महत्वपूर्ण कार्य गर्न सक्ने जनशक्ति परिचालन गरिरहेको बताउँदै नवनिर्बाचितकार्यसमितिको सफलकार्यकालको शुभकामनादिनु भयो ।
कार्यक्रममा नेल्टाका गतिविधिको प्रतिवेदन प्रस्तुतगर्दैमहासचिव कृष्ण प्रसाद भट्टराईले नेल्टा लुम्बिनीले वेविनार, तालिम, पाठ्यक्रमअभिमुखीकरण, गोष्ठी सम्मेलन रविद्यार्थीका विचमानिबन्धलेखन प्रतियोगितालगायतकाकार्य गरेको बताउनु भयो ।
अधिवेशनबाट निर्बाचितअन्यपदाधिकारीमा वरिष्ठ उपाध्यक्षमाबाँकेका होमराज खड्का, उपाध्यक्षमाकपिलवस्तुका कृष्ण प्रसाद भट्टराई, महासचिवमा रुपन्देहीकाभिमलाल भण्डारी, सचिवमा अर्घाखाँचीका कृष्ण खनाल, सदस्य सचिवमागुल्मीका कृष्ण प्रसाद मरासिनी, कोषाध्यक्षमादाङकापुष्कर नाथअधिकारी र सदस्यहरूमादिनेश पन्थी (रुपन्देही), प्रेमराजपोख्रेल (रुपन्देही),विन्दु सुवेदी (बाँके), बासुदेव उपाध्याय (वर्दिया), उमेश चौधरी (बर्दिया), गंगागौतम (दाङ), यज्ञ गौतम (गुल्मी), डिलारामपौडेल (कपिलवस्तु), चोलकान्त रेग्मी )नवलपरासी), टोलसरी राई (पाल्पा), इन्द्रमणि पोख्रेल (प्युठान), र बलराम पुरी (रोल्पा) रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय