latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पाकाे तानसेनमा चार दिनसम्म चलेकाे तानसेन नगर स्तरिय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनता माध्यमिक विद्यालय (जेभिटि)ले प्राप्त गरेकाे छ । ११ स्वर्ण पदक सहित जेभिटि विजेता बनेको हो । जनताले ११ स्वर्ण सहित ९ रजत र ९ काश्य गरि जम्मा २९ वटा पदक जितेको छ ।

त्यस्तै १० स्वर्ण पदक सहित दमकडा नमुना माध्यमिक विद्यालय दोश्रो भएको छ । दमकडाले ९ रजत र ९ काश्य सहित जम्मा २८ पदक जितेको छ । जम्मा १९ पदक जितेको सरस्वती मावि तेश्रो भएको छ । सरस्वतीले १० स्वर्ण, ४ रजत र ५ काश्य पदक सहित तृतीय स्थान प्राप्त गरेकाे थियाे । तानसेन नगरपालिका भित्रका २७ वटा माध्यमिक विद्यालय सहभागि थिए ।

जिल्ला खेलकुद विकास मिति पाल्पाका अध्यक्ष दिपक घिमिरेले पाल्पा जिल्ला पछिल्लो समय खेलकुद क्षेत्रको हब बन्दै गईरहेको बताउनुभयो । घिमिरेले विद्यालयहरुले खेल क्षेत्रमा थप योजना बनाएर कार्यान्वयन गरे जिल्लाको खेल क्षेत्र उज्जवल रहेको बताउनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिककी कार्यबाहक नगर प्रमुख प्रतिक्षा गाहा सिंजालीले प्रतियोगितामा विद्यालय र विद्यार्थीको उत्साहजनक उपस्थिति देखिएको बताउनुभयो । सिंजालीले खेलकुद क्षेत्रलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरेको बताउनुभयो ।
तानसेन नगरपालिकाकी शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले तानसेन नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड बाट छनौट भएका खेलाडीहरुले जिल्ला र प्रदेशमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । न्यौपानेले खेलाडीहरुको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय