पाल्पा , छैठौँ मेयर कप २०८० विविध खेलकुद तथा बौद्धिक कार्यक्रम रामपुरमा शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको सञ्चालनमा शुक्रबार देखि मेयर कप २०८० विविध बैद्धिक प्रतियोगिता कार्यक्रम शुरु भएको हो ।

मेयर कप २०८० को उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेलले राष्ट्र र राष्ट्रियताको पहिचान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ । पहिचानका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । उहाँले भन्नुभयो– विभिन्न समयमा हुने विविध प्रतियोगिताले उत्कृष्ट खेलाडी उत्पादन गर्छ , गाँउका दुर दराजका खेलाडीको प्रतिभा प्रस्फुटन गर्न मेयर कप जस्ता कार्यक्रमले सघाउ पु¥याउँछ । नगर प्रमुख थापाले खेल खेलाउने मात्र नभई नगरपालिकाले अब विभिन्न खेलकुदको प्रशिक्षण सहित उत्कृष्ट खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो । खेलाडीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाले विभिन्न समयमा सम्मान गरेको भन्दै थापाले नगरपालिकाले अब आगामी आर्थिक वर्षमा नगर स्तरीय खेल मैदान निर्माण गर्ने बताउनु भएको छ । साथै प्याराफिट सहितको नगर स्तरीय रंगशाला बनाउन आगामी आर्थीक वर्षबाटै काम शुरु गर्ने बताउनुभयो । उहाँले भन्नुभयो हामी संग धेरै खेल मैदान छन् , कुन स्थान कुन खेलका लागि आवश्यक र उपयुक्त छ त्यसको पहिचान गरेर खेल मैदानलाई व्यवस्थित गर्नु पर्छ । नगर प्रमुख थापाले सिमित स्रोत साधन र चुनौतिका विच खेलकुदलाई नगरपालिकाले प्राथमिकता दिंदै आएको भन्दै आगामी दिनमा अझ परिमार्जित र परिस्कृत रुपमा खेलकुदका कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ७ किसानबारी खेल मैदानमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी थापाले खेलाडी उत्पादन र खेलकुदको विकासका लागि रामपुर नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । खेल अनुशासनपूर्वक खेलिने मैत्रिपूर्ण लडाँई भएको भन्दै खेलमा हार जित भन्दा पनि धेरै कुरा सिक्ने अवसर मिल्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले खेलकुद स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । शारिरिक मानसिक र बौद्धिक  हिसाबले खेलकुद मानव जीवनमा महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.७ का वडाध्यक्ष दोेवराज तिवारीले खेलकुदको माध्यमबाट युवाहरुको सर्वाङ्गिण विकास र समाज रुपान्तरण गर्न सकिने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई , नेकपा एमाले रामपुरका प्रतिनिधि ईश्वरी खनाल , नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार , नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम , राष्ट्रिय जनमोर्चा रामपुरका राम प्रसाद गैरेले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव जमुना रानाको स्वागत र महासचिव राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको हो ।

मेयर कप २०८० को उद्घाटन खेलमा शुक्रबार पुरुष फुटबल प्रतियोगिता भएको छ । रामपुर नगरपालिका वडा नं. ७ र वडा नं. ८ विच भएको खेलमा वडा नं. ७ विजयी भएको छ । खेलमा वडा नं. ७ ले ८ लाई २–० गोल अन्तरले पराजित गरेको हो । मेयर कप २०८० अन्तर्गतका अन्य खेल शनिबार देखि शुरु हुने नगर खेलकुद विकास समितिका सदस्य डोलराज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत भलिबल खेल वडा नं.६ को दुर्गा मन्दिर टोल , क्रिकेट प्रतियोगिता वडा नं.५ को मटेरी ठुलोटार , र व्यडमिन्टन वडा नं. ५ को हुलाक टोलमा हुने खेलकुद विकास समितिले जनाएको छ ।साथै मेयर कप अन्गर्तत वक्तृत्वकला प्रतियोगिता पनि हुने भएको छ ।  मेयर कप उद्घाटनका अवसरमा नगरपालिकाका १० वटै वडाले खेलाडी र  झाँकी सहित मार्च पास समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय