latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, माघ १९
पाल्पाको तानसेन नगरपालिकाले “जहाँ मार्किङ त्यहाँ पार्किङ” अभियान सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय पाल्पाको प्राविधिक सहयोगमा अभियान अन्तर्गत मार्किङ गर्न सुरु गरिएको हो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको विभिन्न स्थानमा जथाभाबी पार्किङका कारण ट्राफिक समस्या बढेपछि जनताको गुनासोलाई सम्बोधन गर्न वडा नं. २ का वडाध्यक्ष महेश्वर श्रेष्ठको संयोजकत्वमा अभियान सुरु गरेको बताउनुभयो । वडाध्यक्ष श्रेष्ठले तानसेनका सम्भावित ठाउँहरुको पहिचान गर्दै पार्किङ र जेब्राक्रस समेत निर्माण गरेको बताउनुभयो । तानसेन नगरपालिकाको अर्थिक सहयोगमा अभियान सञ्चालन गरेको र बाहिरीबाट आउने सवारीहरुको व्यवस्थापन गर्न समेत सहज भएको श्रेष्ठले बताउनुभयो ।

अभियानले पैदल यात्रीलाई सहज रूपमा सडकमा यात्रा गर्न सहज हुनेछ भने अव्यवस्थित पार्किङका कारण उत्पन्न समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख राजकुमार चापागाईँले बताउनुभयो । अभियान अन्तर्गत जिल्लाको प्रमुख सडकको रूपमा रहेको सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा मार्किङ् गरिनेछ । पहिले मार्किङ् कार्यलाइ तिव्रता दिइरहेकाेले मार्किङ गरेको स्थानमा बाहेक अन्य स्थानमा पार्किङ् गरे त्यस्ता चालकले कारबाही भोग्नुपर्ने बताइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय