latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

तानसेनमापाँचाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तानसेन नगरपालिकाको नगरस्तरीय प्रतियोगिताको पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयाे ।

उद्घाटन गर्दै प्रदेश सभा सदस्य वीर बहादुर रानाले स्थानीय तहको कार्यहरुलाई गतिशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले स्थानीयस्तरमा सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने भएकोले खेल क्षेत्रको विकासका लागि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा मूल ५ विधाका ५३ खेलमा ३ सय ८० पदकका लागि प्रतिस्पर्धा हुने छ । तानसेन नगरपालिका भित्रका २७ माध्यमिक विद्यलयका ६ सय २३ विद्यार्थी खेलाडीको सहभागिता रहेको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले खेलकुदले शारीरिक तथा मानसिक रुपमा सक्षम बनाउने भएकोले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धा स्वच्छ र लगनशील भएर सफलता हात पार्न शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी आन्नद काफ्लेले पछिल्लो समय स्थानीय तहमा खेलकुदका गतिविधि बढ्नु आफैमा राम्रो काम भएको बताउनुभयो । उहाँले खेलकुदबाटै भविष्य सुनिश्चित हुने वातावरण निर्माण गरेर खेलाडीलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

जिल्ला खेलुकुद विकास समिति पाल्पाका अध्यक्ष दीपक घिमिरेले प्रतियोगितामा सहभागी विद्यालय तथा विद्यार्थी खेलाडी अनुसाशीत भएर प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो । खेलकुदमा अनुसाशन अत्यन्त महत्वपूर्ण रहने बताउँदै जिल्ला र प्रदेशस्तरको रनिङ शिल्ड जित्नेगरी क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो । उद्घाटन कार्यक्रममा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले विद्यार्थीमा शिक्षासँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीकाे चाैतर्फी विकासका लागि सहयाेग पुग्ने बताउनुभयाे । उद्घाटन कार्यक्रम शिक्षा अधिकृत काेपिला न्याैपानेकाे सञ्चालन, नगर उपप्रमुख प्रतीक्षा संजालीको स्वागत, र नगरप्रमुखकाे अध्यक्षतामा चलेकाे थियाे । तानसेन टुंडिखेलमा चार दिनसम्म चल्ने प्रतियोगिता माघ १९ गते सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय