latest
रम्भाले एआईमा आधारित ‘स्मार्ट ग्रामीण पालिका’ निर्माणदेखि सडक स्तरोन्नति  ||    तिनाउ गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा स्मार्ट बोर्डदेखि डिजिटल सामग्री वितरण  ||    बालमैत्री गाउँपालिका घोषणा गर्ने तयारीमा माथागढी  ||    स्वेटर, हाइनेक, टोपी, मोजा, पञ्जा कपडा बुन्ने तालिम रामपुरमा  ||    श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||   
शुक्रबार , असार १२, २०८३

पाल्पा, माघ १६
भोलीबाट पाल्पाका दुई सडक बन्द हुने भएका छन् । तानसेन– रानीमहल सडक खण्ड र आर्यभन्ज्याङ–रामपुर सडक खण्ड मर्मतका लागी बन्द गर्न लागिएको सडक डिभिजन कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।
तानसेन– रानीमहल सडक यही माघ १७ देखि आगामी चैत ५ गतेसम्म बन्द हुने भएको हो ।उक्त सडक खण्डको बैकुण्ठे भीरमा मर्मत गर्नुपर्ने भएकोले ४८ दिन पूर्ण रुपमा बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताउनुभयो । यो सडक हुँदै यात्रा गर्ने यात्रुलाई वैकल्पिक सडकको रुपमा तानसेन नगरपालिका १४ अर्गलीबाट छेर्लुङ हुँदै रानीमहल पुग्ने वैकल्पिक सडक प्रयोग गर्न सापकोटाले आग्रह गर्नुभयो ।
त्यस्तै आर्यभन्ज्याङ–रामपुर सडक पनी दैनिक ५ घण्टा बन्द हुने भएको छ । बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडक बन्द रहनेछ । हुमिन–ताहुँ देउराली सडखण्डमा सडक स्तरोन्नति तथा मर्मतका लागी सडक बन्द गर्न लागिएको हो । यो सडक माघ १७ देखि फागुन १६ गतेसम्म सडक बन्द रहने सडक डिभिजन कार्यालय पाल्पाकाले जनाएको छ ।
दुबै सडकमा एम्बुलेन्स, शव वाहन, दमकलजस्ता अत्यावश्यक सवारीसाधन संचालनमा भने रोक लगाईएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय