latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेकपा एमाले तानसेन नगर कमिटी पाल्पाले तानसेनकाे हुलाकचाेकमा रक्तदान कार्यक्रम गरेको छ । सहिद दिवसको अवसर पारेर एमाले नगर कमिटीले रक्तदान कार्यक्रम गरेको हो ।

एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले आफैले रक्तदान गरी कार्यक्रमको शुरुवात गरेका थिए । ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेकपा एमाल तानसेनले रक्तदान गरौं, जीवन बचाउ, सहिदहरुलाई सम्मान गरौं, सहिदको भावना अनुसार शासक तथा राजनीतिक नेतृत्वले काम गरौं भन्ने अभियानका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको कमिटी अध्यक्ष गुराँश आत्रेयले बताए । रक्तदान कार्यक्रममा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले सहिद दिवस अवसरमा रक्तदान कार्यक्रम गरिनुले सहिदहरूकाे समर्पणकाे सम्मान भएकाे बताए ।

कार्यक्रममा सबै भन्दा बढी उमेरका जिल्ला समन्वय समिति पाल्पाका प्रमुख ५८ बर्षिय टंकनाथ खनालले समेत रत्तदान गरे । नगर कमिटी अध्यक्ष गुराँस आत्रेयको अध्यक्षता, उपाध्यक्ष शशि श्रेष्ठको स्वागत र सचिव महेशलाल शाक्यको सञ्चालनमा रक्तदान कार्यक्रम चलेको थियो । रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।

युनाटेड मिसन अस्पताल तानसेन पाल्पाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका थिए । जसमा १६ जना पुरुष र ६ जना महिलाले रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय