latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल खन्न सुरु भएको छ । सुरुङ निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १ हजार १२६ मिटर (१.१२६ किलोमिटर) सुरुङ खन्ने काम सुरु गरेको हो ।

पाल्पातर्फ सिद्धबाबा मन्दिरदेखि दोभान, रामापिथेकस पार्क हेडबक्ससम्म निर्माण हुने सुरुङको पोर्टल, बाइपास टेल तथा स्लोपसँगै सुरुङ खन्ने काम सुरु भएको आयोजना प्रमुख रामपुकार जयसवालले जानकारी दिनुभयो ।

सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखिनै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको यस परियोजना राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय परियोजना हो । बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि ५ वर्षको छ ।

चिनियाँ कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो । ‘परियोजनाको काम अघिदेखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम केही दिनयता अन्य काम सकेर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले भन्नुभयो।

सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ १ हजार २६ मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ २ हजार मिटरभन्दा बढी हुने परियोजना प्रमुख जैसवालले बताउनुभयो .;।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय