latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बसन्तको ब्यग्र पर्खाईमा युएईमा रहेका नेपालीहरु चर्चित गायक तथा संगीतकार बसन्त थापा युएई आउने थाहा पाएपछि नेपालीहरु हर्षित भएका छन । आफ्नो माटो र मौलीक लयलाई सुरमा सुन्न आतुर रहेका युएई स्थित धेरै नेपालीहरुले देश बाहिर रहेर पनि थापाको लाईभ प्रस्तुती हेर्न पाउनु सौभाग्य भएको बताए ।

‘उहाँको संगीत र स्वरको म बिग फ्यान हो’ वर दुवैमा बस्दै आएका मनोज पाण्डेले भने, ‘नेपाली कला तथा संगीत क्षेत्रको स्थापीत ब्यक्तिसंगको लाईभ कार्यक्रम कलाप्रेमी सबैका लागि अवसर हो ।’ ‘लोक दोहोरीमा उहाँको पृथकता त छ नै कलाशिकल पनि सुन्न पाइने भएकाले थप उत्साहित छु’ उनले भने । युएई स्थित वरदुवैमा बस्दै आएकी उषा पाण्डेले निजी काम छोडेरै भएपनी यो आईतवार दुःख भुलेर बसन्त थापा संग रमाउने प्रतिक्रिया दिईन । ‘२८ तारिक पछिको आइतवार बसन्त जि संग रमाउँछु भनेर त पाईदैन नी’ उलने भनिन, ‘हामी नेपालीहरुका दुःख कहानी कति छन कति तर मौका पाएको बेला त रमाउनु पर्छ ।’ उषाले यो रमाईलो मात्रै नभएर नेपाली कला तथा संस्कृती र देशको माँया बुझ्ने अवसर पनि भएको बताईन ।

गायक तथा संगीतकार बसन्त थापा पनि युएई स्थित नेपाली संग रमाइलो गर्न आतुर रहेको बताए । ‘युएईमा झण्डै २ लाख ५० हजार नेपालीहरु हुनुहुन्छ, विदेश पुगेर पनि नेपालकै मेला महोत्सवमा प्रस्तुती दिए जस्तो लाग्छ होला’ गायक तथा संगीतकार थापाले भने, ‘एउटा कलाकारका लागि यो भन्दा खुशी के हुन सक्ला ? ।’ थापाले कार्यक्रममा नेपाली लोक दोहोरी गितहरु मध्यकै सर्वोत्कृस्ट सालको पातको टपरी हुने, खेतमा बोके झार, जाम सुस्तै, माँया हासेको, सयको गुन तिरौँला हजारैले, विदेशको पिआर छ, मुसुक्क हाँसन, अरे भैया सहित जुनको जुनेली लगायतका गित गाउने छन । स्तरीय तर कम मात्रै कार्यक्रममा सहभागीता जनाउने गायक तथा संगीतकार बसन्त थापाको युएईका लागि १० वर्ष पछिको सांगितिक यात्रा हो । यस अघि थापा सन २०१३ मा युएई आएका थिए ।

नवलपरासीमा रहेका गरिव तथा असाहयको सहयोगार्थ नवलपरासी सेवा समाज युएईको आयोजनामा जनवरी २८ तारिकमा हुने कार्यक्रममा गायक तथा संगीतकार बसन्त थापा आउन लागेका हुन । नेपालबाट आफ्नो प्रस्तुतीका लागि मोडल अन्जली अधिकारी र लोक दोहारी गायिका शर्मिला अर्याल समेत आउने समाजका अध्यक्ष भुपराज डुम्रेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय