latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ ८
तानसेन नगरपालिका–११ घर भई हाल रुपन्देहीको तिलोत्तमा बस्दै आएका सिर्जना भट्टराई बिस्ट र महेन्द्र बिष्टका ९ महिने छोरा सिर्जम बिष्ट संसारमै दुर्लभ मानिने रोग स्पाइनल मस्क्युलर अर्थोफि रोगबाट ग्रसित भएका छन ।
स्पाइनल मस्क्युलर अर्थोफिको उपचार निकै महङ्गो हुने भएकाले परिवारले सहयोगका लागी अपिल गरेको छ । वंशाणुगत रूपमा लाग्ने यो रोग लागेपछि मांसपेशीहरू कमजोरी हुने,असक्तता,मेरूदण्डको स्कोसिसमा समस्या र फोक्सोको कार्यमा अवरोध भई स्वासप्रस्वासमा समस्या हुने गर्दछ ।
अस्पतालका अनुसार संसारका धेरै कम मानिसहरूमा स्पाइनल मस्क्युलर एर्थोपि रोगपर्ने र उपचारका लागि करिब २६ करोड खर्च लाग्ने बुबा महेन्द्र बिष्टले बताउनुभयो । बच्चा जन्मिदा सामान्य नै भए पनि जन्मिएको करिब ९ महिना सम्म पनि सामान्य बच्चा जस्तो बामे सर्ने,लडिबुडि गर्ने जस्ता क्रियाकलाप गर्न सक्दैन । डाक्टरको सल्लाहा अनुसार बच्चालाई १८ महिना भित्र जोजेन्सामा नामक खोप लगाउनुपर्ने उहाँले बताउनुभयो ।
परिवारले सहयोग गर्न चाहानेहरुको लागि फोन नम्बर आमा सिर्जना बिष्ट ९८४९९०७५०५ ,बुवा महेन्द्र बिष्ट ९८४७१०१४७८ मा सम्पर्क गरिदिनुहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय