latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा, पुस २९
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको सिद्धबाबा क्षेत्रलाई अत्याधिक दुर्घटना हुने सडक खण्ड मानिन्छ । सिद्धबाबा क्षेत्र जत्तिकै दुर्घटना हुने अर्को स्थान हो तानसेन–तम्घास सडक खण्डको रिब्दीकोट गाँउपालिका–२ लघुवा माथीको ढड्यान क्षेत्र । ढड्यान क्षेत्र सवारी दुर्घटनाका हिसाबले जिल्लामै अत्याधिक दुर्घटना स्थल पनि हो । बर्षेनी यस ठाउँमा सवारी दुर्घटना हुँदा कैयौंको ज्यान जाने गरेको छ ।
यस क्षेत्रमा साँगुरो सडक, उकालोमा घुम्ती र सडकमा शीत पर्ने कारण बाटो चिफ्लो हुँदा बर्षेनी ठूला दुर्घटना हुने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुुसार यस स्थानमा बि Þस २०६४ साल देखि हाल सम्म ७० जनाको दुर्घटनामा परि मृत्यु भएको छ । भने, ५१ जना घाईते भएका छन् । यस क्षेत्रमा मानिसको ज्यानै जानेगरी हालसम्म १६ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रिब्दीकोट २ का जनप्रतिनिधी पवन कुवँरले चालकको लापरवाही तथा ग्रेड नमिलेको साँघुरो सडक भएका कारण ढड्यान क्षेत्रमा अत्याधिक सडक दुर्घटना हुने गरेको बताउनुभयो । उहाँले आफु त्यहीको स्थानीय भएका कारण पनि दुर्घटना हुने बित्तिकै उद्धार गरेर अस्पतालसम्म पठाउने गरेको अनुभब सुनाउनुभयो । उक्त क्षेत्रमा सडक छेउमा पर्खाल वा फलामे तारबार नगरिदा दुर्घटनाको जोखिम झनै बढेको छ ।
रिब्दीकोट २ का स्थानीय यदुमणी नेपालले जोखिमयुक्त सडक यस क्षेत्रमा पर्ने,बाह्रै महिना शीत पर्ने र सडक स्तरउन्नती गर्न पहिरोका कारण झनै जोखिम हुने भएकाले यसको बिकल्पमा बाइपास सडकको ट्रयाक खुलेको बताउनुभयो । त्यसको बिकल्पमा दुई घुम्ती, पन्चासी हुदै लघुवासम्म बाईपास सडक खुलेको र यस बाइपासलाई स्तरउन्नती गर्न सक्ने हो, भने दुर्घटनाको जोखिम कम गर्न सकिने उहाँको धारणा छ । बाईपास सडक स्तरउन्नती गरि दुर्घटना कम गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने नेपालको भनाई छ ।
तानसेन तम्घास सडक खण्डको हार्थोक देखि जोर्ते सम्मै करिब ८ किलोमीटर सडक ओरालो भएका कारण सवारीलाई बीच बीचमा रोकेर ब्रेक तथा स्टेरिङ्ग चेक गरेर मात्र सवारी चलाउन प्रहरीको निर्देशन भएपनि निर्देशन पालना भएको पाइदैन । जसले दुर्घटना दोहोरीने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समाचार स्रोत अनलाइन रेडियो नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय