latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, पुस २६

तानसेन नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । बिहीबार संस्था दर्ता तथा नियमन सम्बन्धि बिधेयक र आर्थिक बर्ष ८०/८१ को प्रथम ६ महिनाको न्यायीक समितिको प्रतिबेदन पास गर्दै सभा सम्पन्न भएको हो । नगरपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि बिधेयक २०८० बिधायन समिति संयोजक महेश्वर श्रेष्ठले प्रस्तुत गर्नुभयो ।

उक्त बिधेयकमा तानसेन नगरपालिका भित्र सामाजिक, साहित्यिक,सास्कृतिक,बैज्ञानिक, शैक्षिक, बौद्धिक, खेलकुद, परोपकारी काम गर्न इच्छुक क्लब, संघ संस्था, लगायत सामाजिक र संास्कृतिक, क्षेत्रको बिकासमा काम गर्ने गैर नाफामुलक संस्था दर्ता र नियमन गर्न नगरपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धि बिधेयक प्रस्ताब गरिएको थियो । उक्त बिधेयक उपर नगर सभा सदस्य माधब बस्यालले टिप्पणी गर्नुभएको थियो । बिधेयक सर्बसम्मत पारित भएको छ।

सभामा नगर उप प्रमुख तथा न्यायीक समिति सम्योजक प्रतीक्षा सिंजालीले आर्थिक बर्ष २०८०/८१ को प्रथम ६ महिनाको न्यायीक समितिको प्रतिबेदन प्रस्तुत गर्नुभयो । जसमा ११ औं नगरसभाको निर्णय बमोजिम गठित न्यायीक समितिले वार्डस्तरबाटै विवाद समाधान गर्दै आएको जानकारी दिनुभयो । उहाँले वार्ड स्तरीय ७८ जना मेलामिलापकर्तालाई तालिम दिइएको बताउनुभयो । जस मध्यबाट ७४ जना मेलमिलापकर्ता पुनः नवीकरण मार्फत सूचीकृत हुन निवेदन परेको बताउनुभयो । यो अबधिमा २८ वटा विवाद दर्ता भएका छन । भने, १७ वटा मिलापत्र गराइएका छ्न । चार वटा विवाद जिल्ला अदालत पठाइएको छ भने, ७ वटा विवाद छ्लफलको क्रममा रहेको उप प्रमुख सिंजालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय