आइतबार , भाद्र ७, २०८३

पाल्पा, पुस २४

जन्मदिनमा हुने फजुल खर्चलाई कटौती गर्दै नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य एवं नेपाली कॉग्रेस पाल्पाका पुर्ब पार्टी सभापति राजन प्रसाद पन्त र शहिद स्मृति प्रतिष्ठान पाल्पाकी अध्यक्ष रमा पन्तले बिद्यालयमा शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।
पन्त परिवारले छोरीको जन्मदिनको अवसर पारी मंगलबार चापपानीको बसन्त आधारभूत र चिदिपानीको आदर्श आधारभूत बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

छोरी रक्षा पन्तको जन्मदिनको अवसरमा पन्त परिवारले आदर्श आधारभुत विध्यालय माथागढी १ चिदिपानीमा न्यानो कपडा स्विटर र शैक्षिक सामग्री तथा बसन्त प्राथमिक विध्यालय बगनासकाली ९ चापपानीमा शैक्षिक तथा खेलकुद सामग्री बितरण गरिएको पन्त परिवारले जनाएको छ ।
जाडो समयमा ग्रामिण क्षेत्रमा आर्थिक अभाबकै कारण जिबिकोपार्जन गर्न समेत धौ धौ हुने समुदायमा गएर जन्मदिनको अवसरमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गर्न पाउदा खुसी लागेका नेपाली कांग्रेसका पुर्ब केन्द्रिय सदस्य एवं नेपाली कॉग्रेस पाल्पाका पुर्ब पार्टी सभापति राजन प्रसाद पन्तले बताउनुभयो । उहाँले जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नु भन्दा आर्थिक अभाबकै कारण उचित शिक्षा पाउन नसकेका बाल बालिकाहरुलाई सहयोग गर्नुपर्ने धारणा समेत राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय