latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, पुस २०
तानसेनमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगीताको उपाधी वार्ड नम्बर १ ‘ए‘ ले जितेको छ । आज भएको फाइनल खेलमा वार्ड नम्बर १ ‘ए‘ले वार्ड नम्बर ९ लाई ८ बिकेटले पराजित गर्दै उपाधी जितेको हो । जित संगै वार्ड नम्बर १ ‘ए‘ ले नगद ६० हजार, ट्रफी प्राप्त गर्यो भने, वार्ड नम्बर ९ उपबिजेता हुदै ३० हजारमा चित्त बुझायो ।
फाइन खेलमा पहिले ब्याटिङ्ग गरेको वार्ड नम्बर ९ ले निधारित २० ओभरको खेलमा १९ दशमलभ ४ ओभरमा सबै बिकेट गुमाउदै ८१ रन मात्र बनाएको थियो । उसका लागि गोपाल तिमिल्सेनाले २४ रन बनाए भने, भुवन पाण्डेले १८ रनको योगदान गरे । बलिङ्ग तर्फ वार्ड नम्बर १ ‘ए‘ का अर्पन अर्याल र रुपेश बस्यालले समान ३÷३ विकेट लिए ।
८२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको वार्ड नम्बर १ ‘ए‘ ले सुरुवात राम्रो गर्न नसकेपनि रुपेश बस्याल र बिशाल दर्नालले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बिजयी बनाए । रुपेशले नटआउट ३१ रन र बिशालले नटआउट ४३ रनको योगदान दिए । वार्ड नम्बर ९ का भुवन पाण्डे २ विकेट प्राप्त गरे ।
वार्ड नम्बर १ ‘ए‘ले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो । फाइनल खेलका म्यान अफ द म्याच वार्ड नम्बर १ ‘ए‘ का बिशाल दर्नाल भएको नगर खेलकुद बिकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय