latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, पुस २०
तानसेनमा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगीताको उपाधी वार्ड नम्बर १ ‘ए‘ ले जितेको छ । आज भएको फाइनल खेलमा वार्ड नम्बर १ ‘ए‘ले वार्ड नम्बर ९ लाई ८ बिकेटले पराजित गर्दै उपाधी जितेको हो । जित संगै वार्ड नम्बर १ ‘ए‘ ले नगद ६० हजार, ट्रफी प्राप्त गर्यो भने, वार्ड नम्बर ९ उपबिजेता हुदै ३० हजारमा चित्त बुझायो ।
फाइन खेलमा पहिले ब्याटिङ्ग गरेको वार्ड नम्बर ९ ले निधारित २० ओभरको खेलमा १९ दशमलभ ४ ओभरमा सबै बिकेट गुमाउदै ८१ रन मात्र बनाएको थियो । उसका लागि गोपाल तिमिल्सेनाले २४ रन बनाए भने, भुवन पाण्डेले १८ रनको योगदान गरे । बलिङ्ग तर्फ वार्ड नम्बर १ ‘ए‘ का अर्पन अर्याल र रुपेश बस्यालले समान ३÷३ विकेट लिए ।
८२ रनको बिजयी लक्ष्य सहित मैदान उत्रिएको वार्ड नम्बर १ ‘ए‘ ले सुरुवात राम्रो गर्न नसकेपनि रुपेश बस्याल र बिशाल दर्नालले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बिजयी बनाए । रुपेशले नटआउट ३१ रन र बिशालले नटआउट ४३ रनको योगदान दिए । वार्ड नम्बर ९ का भुवन पाण्डे २ विकेट प्राप्त गरे ।
वार्ड नम्बर १ ‘ए‘ले निर्धारित २० ओभरको खेलमा १५ दशमलभ ४ ओभरमा जित हात पारेको हो । फाइनल खेलका म्यान अफ द म्याच वार्ड नम्बर १ ‘ए‘ का बिशाल दर्नाल भएको नगर खेलकुद बिकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय