प्रथम तानसेन मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नं. ९ र १ A खेल्ने भएका छन् । तानसेन नगरस्तरिय खेलकुद विकास समितिले तानसेन टुँडिखेल खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा वडा नं. ९ र १A फाईनलमा खेल्ने भएका हुन् । चार समुहमा भएको खेलमा समुह प्रथमहरु बीच भएको सेमिफाईनल खेलमा वडा नं. ९ र १A फाईलनमा पुगेका हुन् ।

सेमिफाईनल अन्तरगत हिँजो भएको खेलमा वडा नं. १आ ले वडा नं ३ लाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो भने सेमिफाईनल अन्तरगतको आज भएको खेलमा वडा नं. ९ ले वडा नं. १२ लाई सहज जित निकाल्दै फाईनलमा पुगेको नगरस्तरिय खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

 

सेमिफाईनल अन्तरगतको पहिलो खेलमा वडा नं. १A का रुपेश बस्याल म्यान अफ दी म्याच घोषित भए भने दोश्रो खेलमा वडा नं. ९ का सौगात गौतम म्यान अफ दी म्याच घोषित भए । नगरस्तरिय रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाईनल खेल यही २० गते शुक्रबार दिनको १ बजे तानसेन टुँडिखेल खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६० हजार रुपैंया तथा उपविजेताले ३० हजार रुपैंया नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय