latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

 प्रथम तानसेन मेयर कप रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाईनलमा वडा नं. ९ र १ A खेल्ने भएका छन् । तानसेन नगरस्तरिय खेलकुद विकास समितिले तानसेन टुँडिखेल खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा वडा नं. ९ र १A फाईनलमा खेल्ने भएका हुन् । चार समुहमा भएको खेलमा समुह प्रथमहरु बीच भएको सेमिफाईनल खेलमा वडा नं. ९ र १A फाईलनमा पुगेका हुन् ।

सेमिफाईनल अन्तरगत हिँजो भएको खेलमा वडा नं. १आ ले वडा नं ३ लाई पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो भने सेमिफाईनल अन्तरगतको आज भएको खेलमा वडा नं. ९ ले वडा नं. १२ लाई सहज जित निकाल्दै फाईनलमा पुगेको नगरस्तरिय खेलकुद विकास समितिका संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।

 

सेमिफाईनल अन्तरगतको पहिलो खेलमा वडा नं. १A का रुपेश बस्याल म्यान अफ दी म्याच घोषित भए भने दोश्रो खेलमा वडा नं. ९ का सौगात गौतम म्यान अफ दी म्याच घोषित भए । नगरस्तरिय रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको फाईनल खेल यही २० गते शुक्रबार दिनको १ बजे तानसेन टुँडिखेल खेलमैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ६० हजार रुपैंया तथा उपविजेताले ३० हजार रुपैंया नगद, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय