latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बिहिबार , असार ३२, २०८३

पाल्पा,१० पुस
तानसेन खानेपानी उपभोक्ता समितिको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । यही पुस १४ गते हुन लागेको समितिको निर्वाचनका लागि मंगलबार चार जनाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष र सचिव बाहेका पदमा एक मात्र उम्मेद्धारी परेपछि उपाध्यक्ष, कोषाध्यक्ष,र सदस्य निर्विरोध भएका हुन । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि प्रज्ञासागर शाक्य, भुगोलप्रसाद बैजु, राजु महर्जन र मोहनप्रसाद श्रेष्ठले मनोनय दर्ता भएको छ । सचिवमा दुई जनाको उम्मेदवारी परेको छ । जसमा प्रेम बहादुर मल्ल र विष्णुबहादुर कार्की रहेका छन् ।
निर्बिरोध हुनेहरुमा उपाध्यक्षमा लालमने अदै पुन, कोषाध्यक्षमा शुसिला श्रेष्ठ कर्माचार्य, सह–सचिव विर्जु खाती र खुला सदस्यमा बसन्त कुमार गहतराज, महेन्द्र खाती, रेनुका बस्याल, महिला सदस्यमा फूलमाया सुनारी रहेका छन् ।
पुस ११ गते उम्मेदवार विरुद्ध दावी विरोध पेस गर्ने, १२ गते उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिई समितिले अन्तिम नामावली प्रकाशन गर्ने र १४ गते निर्वाचनको तालिका तय गरेको प्रमुख निर्वाचन अधिकृत दुर्गा बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय