पाल्पा, पुस १०
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा।लि।अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को आवेदन फाराम खुल्ला भएको छ ।
लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३५ बिधाका लागी मनोनयन आवेदन फाराम खुल्ला गरीयको बिशाल मुभिज प्रा।लि।का अध्यक्ष तथा चर्चित गायक,सर्जक हुम गैरेले जानकारी दिए । पौष १० गते देखि फाराम खुल्ला गरीयको र माघको पहिलो साता उत्कृष्ट पाँच मनोनयन सार्वजनिक हुने अनि फागुनको पहिलो साता यस अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए । अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखी योगदान दिंदै आउनु भएका बिशष्टि ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहनेमा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय