पाल्पा, पुस ८
सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धवावा क्षेत्रमा सुरूङ् मार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट एक सय दिन बन्द हुने छ ।
सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारीसाधनलाई कुनै रोक नलगाइएको प्रशासनले जनाएको छ ।
सुरुङ्ग निमार्ण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ्ग निमार्ण कार्य गर्दा यातायात संचालन गरि काम गर्दा जोखिम हुने भएकाले रातीको समयमा सडक बन्द गरेर काम गर्न लागेको हो ।