latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

तानसेन नगरपालिका पाल्पामा तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ्ग शिल्ड क्रिकेट प्रतियाेगिता शुरू भएको छ । प्रतियाेगिता पुस ७ गते देखि २० गते सम्म सञ्चालन हुनेछ । प्रतियाेगितामा विजयी टिमले ६० हजार र उपविजेताले ३० हजार पुरस्कार पाउने तानसेन नगरपालिकाका खेलकुद विकास समितिका संयाेजक एवम वडा न ४ का वडा अध्यक्ष हेमन्त राज शाक्यले जानकारी दिनुभयाे । प्रतियाेगितामा १४ वटा टिम दर्ता भएका छन । प्रतियाेगिता शुरूकाे दिन तानसेन वडा न २ र ३ बिच प्रतिस्पर्धा रहेको र वडा न ३ बिजयी भएको संयाेजक शाक्यले जानकारी दिनुभयाे ।

 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेन नगरपालिकाले स्थानीय स्तरमा रहेका खेलाडीहरूकाे पहिचान गरि खेलकाे माध्यमबाट राष्ट्रिय स्तरका खेलाडीकाे उत्पादन गर्न प्रतियाेगिताले मधत गर्ने बताउनुभयो । नगर स्तरमा आयाेजना गरिने यस्ता कार्यक्रमले तानसेनलाई खेल पर्यटनकाे रूपमा अगाडि बढाउन सहयोग पुग्ने बताउनुभयो ।  तानसेन नगर विकासकाे आधार पर्यटन नै मुख्य रहेकाले नगर सरकारले तानसेनलाई खेल पर्यटन,कला सस्कृतिकाे प्रचार प्रसार,नगरका भित्रका प्राकृतिक तथा मानव निर्मित संम्पदाकाे संरक्षणबाट पर्यटकिय गन्तव्य स्थलकाे रूपमा अगाडि बढाउने याेजनाका साथ अगाडि बढेको बताउनुभयो ।

 

 कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता यादब सिङ कार्की,पाल्पा उधाेग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,तानसेन वडा न १ का वडा अध्यक्ष सुनिल कुमार बस्याल,वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,वडा न ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य,वडा न ८ का वडा अध्यक्ष साेम नाथ अर्याल लाएतकाे उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय