latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३
पाल्पा, पुस ७
रामपुर नगरपालिकामा शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा प्राथमिक तह स्तरीय शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
    नगरपालिका भित्रका प्राथमिक तहमा सञ्चालित ३० विद्यालय मध्ये २८ वटा प्राथमिक विद्यालयको सहभागितामा शैक्षिक सामग्री प्रदर्शन गरिएको हो । विद्यालयमा कक्षा शिक्षणको क्रममा प्रयोग गरिने शैक्षिक सामग्री , रहन सहन र संस्कृति अनुसारका सामग्री , दैनिक जिवनयापनमा प्रयोग गरिने मौलिक सामग्रीहरु प्रदशर्नीमा राखिएको थियो । विद्यालयमा कस्ता कस्ता शैक्षिक सामग्रीहरु प्रयोग गरिरहेका छन् र के के सामग्री कसरी प्रयोग गर्ने लगाएतका विषयमा जानकारी लिन र दिनका लागि शैक्षिक सामग्री प्रदशर्नी कार्यक्रमको आयोजना गरिएको रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । यो कार्यक्रमले कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामग्रीको प्रयोग , यसको उपयोगिता र महत्व बुझाउन सघाउ पुगेको उपप्रमुख थापाले बताउनुभयो ।
    शिक्षकहरुलाई शैक्षिक सामग्री तयार पार्न सिकाउन र अनुभव आदानप्रदानका लागि पहिलो प्रयासको रुपमा प्रदर्शनी मेलाको आयोजना गरिएको रामपुर नगरपालिकाका शिक्षा शाखा अधिकृत विकल काफ्लेले बताउनुभयो । साथै पहिलो प्रयासको रुपमा प्राथमिक तहमा शिक्षण गराउने शिक्षकहरुले बनाएको शैक्षिक सामग्री प्रदर्शन गरिएको र उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिएको शिक्षा अधिकृत काफ्लेले बताउनु भएको छ । प्रदर्शनीमा विरेन्द्र प्राथमिक विद्यालय रामपुर ८ प्रथम , ज्ञानमञ्जरी प्राथमिक विद्यालय रामपुर १ द्धितिय र शान्ती प्राथमिक विद्यालय रामपुर १ तृतिय भएको छ । उत्कृष्ट शैक्षिक सामग्री निर्माण गरि प्रथम , द्धितिय र तृतिय हुने विद्यालयले क्रमश नगद १० हजार , ७ हजार ५ सय र ५ हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेको छ ।
रामतुलसी माध्यमिक विद्यालय रामपुर ५ वेझाँडमा भएको प्रदशर्नीमा कक्षा शिक्षणमा प्रयोग गरिने विभिन्न हस्तकलाका सामग्रीहरु राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय