latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

आफ्नो जीविकोपार्जनका लागि देश छाडी वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या पाल्पामा बढ्न थालेपछि त्यहाँको समस्या र चुनौती सहजकीरण गर्न तानसेन नगरपालिकाले पहरेदारको भूमिका थालेको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रवासी स्रोत केन्द्र (सहायक कक्ष) को समुद्घाटन गरी त्यसमा थप निगरानी बढाउने तयारी गरिएको छ । वैदेशिक रोजगारीमा जानेसँग जति सूचना र जानकारी हुनुपर्ने हो त्यो नभएकाले  विभिन्न समस्या आएको बुझाइ छ । रोजगारीका लागि विदेश जाने युवालाई सही जानकारी गराउने लक्ष्य केन्द्रको छ ।

स्रोत केन्द्र आफैँ समस्याको समाधान गरिदिने निकाय नभए पनि सम्बन्धित निकायसम्म पहुँच बनाइदिने काम र पहुँच बनेपछि सेवा प्राप्त गर्न केन्द्रले सहयोग गर्ने तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिञ्जालीले समस्याबाट केही भए पनि राहत दिलाउन केन्द्रले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले भन्नुभयो, “वैदेशिक रोजगारीमा जान राहदानी बनाउन सहज होस् भनेर जिल्ला प्रशासनमा नै केन्द्र स्थापना गरिएको छ ।”

सहायक कक्षलाई सर्वसाधारणको घरसम्म पहुँच पुगाउने काम गर्ने विश्वास  उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशका टुकराज पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले नागरिकलाई सहज सेवा प्रदान गर्न केन्द्र स्थापना गरिएको बताउनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्यलगायतले बोल्नुभएको थियो ।

केन्द्रलाई सामी र हेल्भेटास संस्थाले प्राविधिक सहयोग उपलब्ध गराउने जनाएको छ । सामीका प्रदेश कार्यालय व्यवस्थापक पञ्चराम चौधरीले सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौताअनुसार  सञ्चालन भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय