latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा पुस ५
तानसेनको टक्सारटोलमा यही ७ गते सनिवार हुने योमरी महोत्सवको तयारी पूरा भएको । बिहीबार मैत्री क्लबले पत्रकार सम्मेल गरेर महोत्सवको तयारी पुरा भएको जनाएको हो ।
तानसेन नगरपालिका वार्ड नम्बर ३ र मैत्री क्लबको आयोजना योमरी टक्सारटोलमा योमरी महोत्सब हुन लागेको हो । योमरी महोत्सबमा योमरीका बिभिन्न प्रकार बिक्रि तथा प्रदर्शन गरिने छ । साथै नेवारी नास्ताका परिकार तथा सांस्कृतीक कार्यक्रम समेत हुने मैत्री क्लबकी अध्यक्ष मनिता शाक्यले जानकारी दिनुभयो । तानसेन ३ का वार्ड अध्यक्ष बाबुरत्न शाक्यले धेरै महिला दिदी बहिनी रहेको मैत्री क्बलले योमरी महोत्सब गर्न लागेकोमा शुभकामना दिदै वार्ड सक्दो सहयोग गरेको बताउनुभयो । पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले बिगतमा तानसेनमा धेरै क्लब भएपनि हाल सक्रिय रुपमा मैत्री क्लब मात्र रहेको बताउदै क्लबमा महिलाहरुले गरेको कामको प्रशंसा गर्नुभयो ।

पत्रकार सम्मेलन मैत्री क्लबकी अध्यक्ष मनिता शाक्यको अध्यक्षता सचिब बिनु शाक्यको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय