latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

बिष्णु खनाल
पाल्पा, पुस ५
जिल्ला प्रशासन कार्यालय पाल्पामा आप्रबासी स्रोत केन्द्र सहायता कक्ष स्थापना गरिएको छ । बैदेशिक रोजगारीलाई सुरक्षित र ब्यबस्थित गर्न प्रशासन कार्यालयमा आप्रबासी स्रोत केन्द्र सहायता कक्ष स्थापना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय पाल्पामा राहदानी बनाउन आउने सेवाग्राहीहरुलाई बिदेशमा रोजगार, अध्ययन तथा भ्रमणमा जाँदा ध्यान दिनुपर्ने कुरा, लिनुपर्ने सीप तथा ठगिनबाट जोगिने तरिका बारेमा तानसेन नगरपालिका, हेल्भेटास नेपाल र समी परियोजनाको सहयोगमा सहायता कक्ष स्थापना भएको हो ।
सहायता कक्ष स्थापना भएपछि रोजगारी, भ्रमण तथा अध्ययनका लागि बिदेश जानेहरुले आवश्यक जानकारी तथा परामर्श पाउने छन् । यसले बैदेशिक रोजगारिलाई सुरक्षित र ब्यबस्थित बनाउने लक्ष्य लिएको छ । सहायता कक्ष स्थापना भएपछि बिदेश जान खोजेका नागरिकले बिदेश जानुपूर्ब ध्यान दिनुपर्ने बिषयमा ज्ञान पाएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले राहदानी लिन भन्दा पहिले सहायता कक्षबाट सेवा लिनुपर्ने अनिबार्य ब्यबस्था गरेको छ । पाल्पामा जिल्ला प्रशासनबाट मात्रै राहदानी बितरण हुने भएकाले सहायता कक्ष जिल्ला प्रशासनमा निमार्ण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताउनुभयो ।
तानसेन नगरपालिकका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले राहदानी लिने नाममा थप एक झण्झट थपिएको भान नागरिकमा पर्न नहुने बताउदै नागरिकलाई बिदेशमा गएर दुख पाउने अवस्थाको अन्त्य गर्न सहायता कक्षले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेशका पहाडी जिल्ला मध्ये सबैभन्दा धेरै ७३ हजार जना बिभिन्न प्रयोजनका लागि बिदेशिएको तथ्याङ्क छ । जिल्लामा पछिल्लो ४ बर्षको अबधीमा ८२ जनाको बिदेशमा मृत्यु भएको छ । भने, १४ जना अंगभङ्ग भएर फर्किएका छन् ।
बिदेश जान लागेकाहरुलाई लाक्षित गरि निशुल्क परामर्श दिनका लागि स्थापना गरिएको सहायता कक्षले बैदेशिक रोजगारी तथा अध्ययनका नाममा हुने ठगिबाट जोगिन, सुरक्षित र ब्यबस्थित बैदेशिक यात्रामा सहयोग पुग्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय