latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, पुष

तानसेन नगर स्तरीय प्रथम मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगिता पुस ७ देखी हुनेभएको छ । तानसेन नगरपालिका र खेलकुद विकास समिति पाल्पाको आयोजना तथा क्रिक्रेट संघ पाल्पाको व्यवस्थापनमा प्रतियोगिता हुनेभएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ पुस ७ गतेदेखि प्रतियोगिता सुरु हुने प्रेस नगर खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यले जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट पनि आर्थिक विकास गर्न सकिनेभएकाले खेलकूदका गतिविधि र खेल पर्यटनमार्फत आर्थिक क्षेत्रलाई गतिशील बनाउन प्रतियोगिता आयोजना गरिएको संयोजक शाक्यको भनाइ छ । खेलको व्यवसायीकरणबाट नगरको प्रतिष्ठा र गौरव बढाउन सकिने भएकाले खेल प्रतियोगिता हुन लागेको आयोजकको भनाइ छ ।

क्रिक्रेट प्रतियोगिता सकिएलगत्तै पुस २७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता पनि हुनेछ । प्रथम नगर मेयर कप रनिङ सिल्ड टि २० क्रिक्रेट प्रतियोगितामा १४ टिमले भाग लिने बताइएको छ । प्रतियोगितामा  विजेता हुने टोलीले ६० हजार, पदक तथा प्रमाणपत्र पाउने आयोजक नगर खेलकुद विकास समिति संयोजक हेमन्तराज शाक्यले बताउनुभयो ।

त्यस्तै, उपविजेताले ३० हजार, म्यान अफ दि सिरिजले उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर तथा प्रत्येक खेलको म्यान अफ दि म्याचले नगदसहितका पुरस्कार पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय