latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  मागमा आधारित कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत ५० जना कृषक र कृषि समुहलाई ६६ वटा प्लाष्टिक टनेल र १६ लिटरको ५० वटा प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।

कृषि सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उच्चतम प्रविधिको प्रयोग गरि उत्पादनमा बृद्धि गर्न आग्रह गर्नु भएको छ । उहाँले कृषकको आवश्यकता र माग अनुसार रामपुर नगरपालिकाले प्राविधिक र अन्य सामग्री अनुदान स्वरुप सहयोग गर्ने बताउनु भएको छ । साथै नगरपालिकाले वितरण गरेको कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।

नगरपालिकाले कृषकहरुलाई ५ हजार रुपैयाँ मूल्य बराबरको प्लाष्टिक टनेल २ हजार ५ सय रुपैयाँमा उपलब्ध गराएको छ भने २ हजार २ सय रुपैयाँको प्लाष्टिक स्प्रेयर १ हजार १ सय रुपैयाँमा उपलब्ध गराएको छ ।  यस भन्दा अगाडी नगरपालिकाले विभिन्न तरकारी र प्याजको विरुवा पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय