latest
पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||    रैनादेवी छहरामा परिणाममुखी विकास प्राथमिकताः नीति तथा कार्यक्रम सार्वजनिक  ||   
मंगलबार , असार १०, २०८२

पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मंगलबार प्लाष्टिक टनेल र प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।  मागमा आधारित कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गर्ने कार्यक्रम अन्तर्गत ५० जना कृषक र कृषि समुहलाई ६६ वटा प्लाष्टिक टनेल र १६ लिटरको ५० वटा प्लाष्टिक स्प्रेयर वितरण गरेको हो ।

कृषि सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उच्चतम प्रविधिको प्रयोग गरि उत्पादनमा बृद्धि गर्न आग्रह गर्नु भएको छ । उहाँले कृषकको आवश्यकता र माग अनुसार रामपुर नगरपालिकाले प्राविधिक र अन्य सामग्री अनुदान स्वरुप सहयोग गर्ने बताउनु भएको छ । साथै नगरपालिकाले वितरण गरेको कृषि सामग्रीको सही सदुपयोग गर्न आग्रह समेत गर्नुभयो ।

नगरपालिकाले कृषकहरुलाई ५ हजार रुपैयाँ मूल्य बराबरको प्लाष्टिक टनेल २ हजार ५ सय रुपैयाँमा उपलब्ध गराएको छ भने २ हजार २ सय रुपैयाँको प्लाष्टिक स्प्रेयर १ हजार १ सय रुपैयाँमा उपलब्ध गराएको छ ।  यस भन्दा अगाडी नगरपालिकाले विभिन्न तरकारी र प्याजको विरुवा पनि ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय