पाल्पा, पुस २

जनकल्याण माध्यमिक विद्यालय रम्भा १ पाल्पाकाे ६४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएकाे छ । कार्यक्रमकाे उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारूले विद्यालयमा अन्य सुविधा सम्पन्न रहेकाे अवस्थामा शैक्षिक सुधार अत्यावश्यक भएकाे बताएका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि प्रदेस सदस्य सारूले शिक्षाकाे ज्याेति फैलाउने विद्यालयमा अनुशासन तथा नैतिक शिक्षा जरूरी रहेकाेले गुरूहरूले त्यसका लागि ध्यान पुर्याउनुपर्ने बताए । उनी भन्छन्, कालिगण्डकी करिडाेरकाे काखमा सुन्दर प्राकृतिक मनाेरम वातावरणमा अध्ययन अध्यापन हुने विद्यालयकाे शैक्षिक गुणस्तर अभिवृदि गर्नु अावश्यक रहेकाे छ । शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीकाे बिच समन्वयात्मक क्रियाकलापकाे जरूरी हुन्छ ।

वार्षिकाेत्सवमा शुभकामना व्यक्त गर्दै रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले २०१७ सालमा स्थापना गरेकाे गौरवको रुपमा रहेको विद्यालयमा धेरै कुरा सिक्न पाईने भएकाले अन्य विद्यालयले अनुशरण गर्नुपर्ने बताए । उनले संस्कार नहुदा मानिसमा वितृष्णा बढेको हुँदा विद्यालयले सुरु गरेको संस्कारसहितको शिक्षा र सिकाईका लागि गाउँपालिका हरेक कुरामा साथ दिएर अगाडी बढ्ने बताए ।

कार्यक्रममा बाेल्दै पूर्व शिक्षकहरू, पूर्व विद्यार्थी तथा अन्य वक्ताहरूले विद्यालयकाे शैक्षिक गुणस्तर सन्ताेषजनक नरहेकाे भन्दै यसकाे सुधारका लागि समयमै ध्यान दिनुपर्नेमा जाेड दिएका थिए । वार्षिकाेत्सवकाे अवसरमा विद्यालयमा अध्ययन गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता प्राप्त गरेका विभिन्न विधाका पूर्व विद्यार्थीहरूलाइ सम्मान गरिएकाे थियाे । प्राध्यापनतर्फ भद्रकाली पन्त, बैंकर शाेभनदेव पन्त, डाक्टर बिष्णु पाठक, व्यवसायी भीमराज भण्डारी, कृषि जनार्दन पन्त, पत्रकारिता मुक्ति न्याैपाने, भजन गायन सुरज भण्डारी लगायतलाइ सम्मान गरिएकाे थियाे ।

विद्यालयका प्रधानाध्यापक युवराज पन्तले विद्यालयकाे शैक्षिक तथा अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश भट्टराइकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन शिक्षक नारायण प्रसाद भट्टराइले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय