latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, मंसिर २८

नेपाली कांग्रेस पाल्पाको जिल्ला सम्मेलनमा पूर्ब मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आउने भएका छन् । शनिबार तानसेन नगरपालिका हलमा हुने जिल्ला सम्मेलनको तयारी पूरा भएको नेपाली कांग्रेस पाल्पाले बिहिबार पत्रकार सम्मेलन गरि जनाएको छ ।
नेपाली कांग्रेसका सभापती हिमालदत्त श्रेष्ठका अनुसार जिल्ला वडा, पालिका, प्रदेश तथा क्षेत्रीय सम्मेलन पूरा भएसँगै जिल्ला सम्मेलन गर्न लागिएको हो। नेपाली कांग्रेसको बिधानमा ब्यबस्था भए बमोजिम पहिलो पटक जिल्ला सम्मेलन हुन लागेको हो । सम्मेलनले तानसेन घोषणा पत्र जारी गर्ने छ ।
पार्टीको वार्षिक नीति, कार्यक्रम तय गर्नका लागि जिल्ला सम्मेलनको आयोजना गरिएको सभापती श्रेष्ठले बताए। जिल्ला सम्मेलनमा महामन्त्री थापा, सहित केन्द्रीय सदस्य चन्द्र भण्डारी, पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति श्रेष्ठले बताए । सभापती श्रेष्ठका अनुसार कांग्रेसले सम्मुन्नत पाल्पा, सम्मानित पाल्पालीको अबधारणा अगाडी बढाउने छ । जसको मार्ग चित्र पार्टीले छिट्टै सार्वजनिक गर्ने सभापती श्रेष्ठले बताए ।

सम्मेलन सफल पार्न ३ सय १ सदस्यीय मुल आयोजक समिति बनेको छ । सम्मेलनमा १० वटा स्थानीय तहको पहिचान सहितको सन्देश मुलक ब्यानर,स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुने छ । नेपाली कांग्रेसमा योगदान दिएका ब्यक्ति, जिल्लाबाट मुल पार्टी र भातृ संगठनबाट केन्द्रिय नेतृत्वमा पुगेका ब्यक्तिहरुलाई सम्मान गर्ने कार्याक्रम समेत रहने सभापती श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा १ हजार ३ सय ७६ जना प्रतिनिधिहरूको सहभागिता रहने छ। सम्मेलन सम्पन्न गर्न ३ देखी ४ लाखको खर्च हुने कांग्रेस पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय