latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

पाल्पा, मंसिर २५

मोटरबाटो ममर्तको क्रममा मृत्यू भएका डोजर चालकको परिवारलाई रामपुर नगरपालिकाले आर्थिक राहत स्वरुप आर्थिक सहयोग गरेको छ ।

बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका धनविर खड्काको परिवारलाई राहत सहयोग स्वरुप नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । रामपुर नगरपालिका वडा नं. १० को टोक्से पलेङ बाटो मर्मतको क्रममा पहिरोले डोजर पुरिएर ज्यान गुमाएका २४ बर्षिय खड्काको परिवारलाई नगरपालिकाले सोमबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

शान्तीनगर गाँउपालिका वडा नं. १ नयाँबस्ती निवासी खड्काकी श्रीमती पवित्रा खड्कालाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले एक लाख रुपैयाँ बराबरको बैंकको चेक हस्तान्तरण गर्नु भएको हो । नगरपालिका भित्रको सडक मर्मतको क्रममा ज्यान गुमाएकोमा दुख व्यक्त गर्दै परिवारलाई राहत होस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको बताउनुभयो ।

खड्काको गत असोज २२ गते वडा नं.१० को टोक्से पलेङ मोटरबाटो मर्मत संभारको क्रममा माथिबाट आएको पहिरोले ब्याकहोलोडर पुरिएर घाईते भएका खड्काको उपचारको क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय