latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, मंसिर २१
जिल्लाको तानसेन नगरपालिका वार्ड नम्बर ६ ले आमाको थरबाट जन्मदर्ता जारी गरेको छ । तानसेन ६ का आयुश आलेको बिहिबार आमाको थरबाट जन्मदर्ता बनेको हो । बि स २०६८ साल पुस १० गते जन्मिएका आलेको आमा रेनुका आलेको बिबरण अनुसार जन्मदर्ता बनेको हो ।
तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनका अनुसार आयुशको बुबा तर्फका केही पनि नभएका कारण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा १७ (१) ले केन्द्रिय पञ्जीकाधिकारी र १७ (२) ले स्थानीय पञ्जीकाधिकारीको रुपमा काम गर्ने जिम्मेवारी सुम्पिय अनुसार वार्डबाट आमाको थरमा जन्मदर्ता बनेको हो ।
सो अनुसार एकल महिलाबाट जन्मेका बच्चाको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरि आमाको थर र स्थायी ठेगाना राखी घटना दर्ता गर्ने गराउने समेत ब्यबस्था रहेको वार्ड अध्यक्ष महर्जनले बताउनुभयो । यदी बच्चा मावलीमा बसेको छ र निजको आमा, बुबा, घरपट्टीका कुनै परिवार नभएको प्रमाणीत भएमा मावलीकै ठेगाना राखेर वार्ड अध्यक्ष सूचक भई जन्मदर्ता गरिने ब्यबस्था रहेकाले आयुशको सूचक आफु बसेको वार्ड अध्यक्ष महर्जनले बताउनुभयो ।
आयुशको आमाको मृत्यु भइसकेको छ । भने, बाबु अहिलेसम्म बेपत्ता रहेको परिवार स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय