latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, २० मंसिर
पाल्पाको तानसेन टुँडिखेलमा बुधबारदेखि प्रथम मेयर कप सुरु भएको छ । तानसेन नगरपालिकाको आयोजनामा सुरु भएको प्रथम मेयर कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । पहिलो पटक प्रतियोगिता गरेको मेयर कप अन्तर्गत फुटबल प्रतियोगिताको लुम्बिनी प्रदेशसभा सदस्य बीर बहादुर रानाले उद्घाटन गर्नुभयो । उहाँले खेलाडीलाई हौसला प्रदान गर्न र नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।
फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा वडा नम्बर १४ अर्गलीलाई वडा नम्बर ९ दमकडाले ५–० गोलले पछि पारेको छ । दमकडाका लागि आषिश राना र अंकित मश्राङ्गीले दुई दुई गोल गरे भने जोन मश्राङ्गीले एक गोल थपेका नेपाल खेलकुद पत्रकार मँचका पाल्पा अध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो । अर्गलीका खेलाडीले गोल गर्नबाट चुकेका छन् । बिहिबार ७ र ३, शुक्रबार ५ र १ ९ख०, शनिबार ४ र २, आइतबार ६ संग ५ र १ ९ख० को बिजेता, सोमबार १ ९क० संग ४ र २ को बिजेता बीच प्रतियोगिता हुने नगर खेलकुद समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो ।
मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । फुटबल प्रतियोगितामा प्रतियोगितामा विजेतालाई नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।
नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाएको यस प्रतियोगितामाले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुने प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताउनुभयो । प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल संघले गरेको नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
खेल क्षेत्रका विकासका लागि नगरपालिको यो वर्ष १५ लाख बजेट विनियोजन भएको र यही रकमबाट मेयर कप संचालन गरिएको हो । नगरपालिका जिल्लासदरमुकाम भएकाले पनि यहाँ अन्य खेल गतिबिधि हुने भएकाले बजेट व्यवस्थापन गर्न गाह्रो हुने गरेको छ । आगामी दिनमा अन्य खेल तथा खेलाडीको दुर्घटना विमामा समेत नगरपालिकाले बजेट विनियोजन गर्ने नगर प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रम नगनरप्रमुख श्रेष्ठको अध्यक्षता र शिक्षा शाखा संयोजक कोपिला न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय