latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

मङ्सिर २० गतेदेखि तानसेनमा प्रथम मेयर कप हुने भएको छ ।  सोमबार तानसेनमा पत्रकार भेटघाट गरेर पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो ।

प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समितिका अध्यक्ष हेमन्तराज शाक्यले जानकारी दिनुभयो । प्रतियोगितामा विजेतालाई नगद एक लाख रुपियाँ, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगर ५० हजार रुपियाँ, ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ ।

नगरभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने प्रतियोगितामा हालसम्म १० वटा टिम सहभागी हुने प्रमुख प्रकाशकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगिताको व्यवस्थापन जिल्ला फुटबल सङ्घले गर्ने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रमा क्रियाशील खेलाडीहरूको अन्तरनिहीत क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय