latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पाकाे तानसेन र रामपुर नगरपालिकामा ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएकाे छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता , अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथथ ३२ औ अपांगता दिवस मनाइएकाे हाे ।

दिवसकाे अवसरमा तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरू बीच दाैड र घैटाे फाेड प्रतियाेगिता गरेकाे छ । यस्तै रामपुरमा अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा प्रशिक्षण गरिएकाे थियाे । तानसेन नगरपालिकाका नगर प्रमुख सन्ताेषलाल श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरुको लागि निर्माण भएका नीति र कानून जबसम्म व्यवहारमा कार्यान्वयनमा हुँदैन तबसम्म स्थानीय सरकारले गरेका कार्यहरूले सार्थकता पाउन मुस्किल पर्ने बताउनुभयाे । उहाँले फरक क्षमता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र सम्बर्दनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयाे । तानसेन नगरपालिकाको एक सय जना अपांगताहरुको सहभागीतामा खेलकुद प्रतियोगिता भएको थियोे । एक सय २० मिटरको दौड प्रतियोगितामा पूर्ण दृस्टीविहिन, शारीरिक अपांगता(होचा, पुडका) ले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै रामपुर नगरपालिकाले आईतबार एक कार्यक्रम गरी दिवस मनाएको हो । उक्त कार्यक्रममा बाेल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कानुन बने पनि सुविधा नपाउनु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । कार्यबहाक नगर प्रमुख खाँणले अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई कमजोर नसम्झन आग्रह गर्दै दक्ष र सक्षम बन्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले  अपाङ्गता भएका व्यक्तिहरुलाई सरल जीवन र जिविकोपार्जनका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय