latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पाल्पा आउने भएका छन् । मंसिर ३० गते नेपाली कांग्रेस पाल्पाको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न देउवा सहित वरिष्ठ नेता शेखर कोइराला लगाएत महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा तानसेन अाउने भएका हुन् ।

सम्मेलनको तयारी तीव्र पारिएको नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शाेभाकर न्याैपानेले जानकारी दिनुभयाे ।  उहाका अनुसार काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो ।

  प्रवक्ता न्याैपाने भन्नुभयाे ‘जिल्लाका ८१ वटै वडा र १० वटै स्थानीय तहमा पार्टीको सम्मेलन अन्तिम चरणमा छ । त्यसैले मंसिर ३० गते जिल्ला सम्मेलन गर्न लागेका हौं ।’ सम्मेलनलाई सफलताका साथ सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुले कामलाई तिव्रता दिएका छाै,न्याैपाने बताउनुभयो । सम्मेलनमा नीति तथा कार्यक्रम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले,साङ्गठनिक प्रतिवेदन सचिव द्वय सन्तोष कुमार थापा मगर र सुनिता अधिकारीले र आर्थिक प्रतिवेदन काेषाध्यक्ष माेहन प्रसाद श्रेष्ठले प्रस्तुत गर्नुहुनेछ ।

सम्मेलन सम्पन्न गर्न नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठकाे संयाेजकत्वमा ३ सय १ जना सदस्य रहने गरि जिल्ला कमिटि, प्रदेश, क्षेत्रीय समिति, गाउँपालिकाका सभापति, वडा सभापतिहरू सहितकाे मूल आयाेजक समिति निर्माण गरिएको प्रवक्ता न्याैपानेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय