पाल्पा, रामपुर नगरपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण गरेको छ ।  नगरपालिकाले सञ्चालन गरेका योजना , सेवा प्रवाह लगाएत विभिन्न ५ वटा सुचकमा रही सोमबार परिक्षण गरिएको हो ।

संस्थागत व्यवस्थापन , मानव संशाधन तथा क्षमता विकास , सेवा प्रवाह , सुशासन तथा उत्तरदायित्व,नीति कानुन तथा योजना गरी ५ वटा सुचक, २२ वटा उपसुचकको १ सय प्रश्नमा आधारित रही लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण गरेको हो । परिक्षण पश्चात बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणले नागरिकमुखी सेवा प्रवाह , समावेशी र सुशासन कायमका लागि बढावा मिल्ने बताउनुभयो । उहाँले परिक्षणले नगरपालिकाबाट भए गरेका काम र सेवा के के गरियो भन्ने विषयको लेखाजोखा मात्र नभई नागरिकमैत्री सहज सेवा र पारदर्शी बनाउने बताउनुभयो । साथै उहाँले गत बर्ष भन्दा यस बर्ष लैंगिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सुधारोन्मूख रहेको भन्दै अझ सुधारका लागि काम गर्न सबै विषयगत शाखाहरुलाई निर्देशन दिनु भएको छ ।

यस्तै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षणले आफुले गरेको कामको मूल्याङ्कन हुने र काम गर्ने प्रेरणा मिलेको बताउनुभयो । उहाँले सेवा प्रवाह लगाएत विभिन्न विषयमा भएका सबल पक्ष र दुर्वल पक्ष थाहा पाउने र सुधार गर्ने अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । स्थानीय शासन तथा लैगिंक शासन विज्ञ सोभिता परियारले समग्रमा नगरपालिकाको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । साथै सुचकको आधारमा नगरपालिकाले सन्तोषजनक अंक प्राप्त गरेको र अवस्था सुधारोन्मूख रहेको  बताउनु भएको छ ।

रामपुर नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी र सरोकारवालाहरुको सहभागितामा परिक्षण गरिएको हो । साथै सोही अवसरमा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार र सबै हिंसाको आचार संहिता सम्बन्धि छलफल समेत भएको थियो।

महिला कानुनी अधिकार सम्बन्धि एक दिने सचेतना कार्यक्रम रामपुर २ पाल्पामा सम्पन्न

पाल्पा, महिला कानुनी अधिकार सम्बन्धि एक दिने सचेतना कार्यक्रम रामपुर २ पाल्पामा सम्पन्न भएको छ ।  रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. २ र ३ का महिला दिदिबहिनिहरुको सहभागितामा सोमबार कार्यक्रम सम्पन्न गरिएको हो । रामपुर नगरपालिका वडा नं. २ को सभाहलमा भएको कार्यक्रममा महिलाहरुको हक अधिकार , समाजमा हुने महिला हिंसा र यसको कानुनी उपचारको प्रक्रिया लगाएतका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सभ्य र हिंसा रहित समाज निर्माणका लागि कसैले पनि हिंसा सहेर बस्न नहुने बताउनुभयो । साथै हिंसा भएको महसुस भए तुरुन्त त्यसको कानुनी उपचार खोज्न महिला दिदिबहिनीहरुलाई आग्रह गर्नु भएको छ । धेरैजसो महिला दिदिबहिनीहरुले पिडा हुन्छ भन्ने डरले हिंसा सहेर बस्दा दिनदिनै हिंसा बढ्दै गएको भन्दै जुनसुकै हिंसाको पनि खुलेर विरोध गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले हिंसा रहित नगर निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । यस्तै नगर उपप्रमुख बाल कुमारी थापाले नगरपालिकामा घरेलु , ज्येष्ठ नागरिक ,महिला र बालबालिका हिंसा सम्बन्धि विभिन्न खालका मुद्दा आउने गरेको भन्दै हरेक हिंसाको कानुनी उपचार खोज्न आवश्यक रहेको बताउनुभयो । साथै उहाँले कुनै पनि किसिमको अन्याय नगर्न र नसहन पनि आग्रह गर्नुभयो ।

नगर उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजिकरण स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियार र रामपुर नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख पुजा परियारले गर्नु भएको थियो । न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय