latest
रिमिघा लेकमा भेटिएको बहुमुल्य जडिबुटी “यार्सागुम्बा” लाई अब के गर्ने ?  ||    पाल्पा गल्धाकाे अदुवा जर्मनी निर्यात, ग्रामीण महिलाको फेरिदै दैनिकी  ||    मगर भाषाको अध्यापन सुरु गर्ने पूर्वखोलाको नीति तथा कार्यक्रम  ||    जलवायु उत्थानशीलताको लागि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी   ||    रामपुरमा तीन भन्दा बढी सन्तान जन्माउनेलाइ प्राेत्साहनः नीति तथा कार्यक्रम  ||    आत्मनिर्भर र समृद्ध समाज अभियानः तिनाउको नीति तथा कार्यक्रम सार्वजनिक  ||    रामपुरमा बालबालिका लक्षित भलिबल तथा फुटबल प्रशिक्षण  ||    समावेशी विकासलाई प्राथमिकता सहित रिब्दीकोट गाउँपालिकाको नीति तथा कार्यक्रम  ||   
मंगलबार , असार १०, २०८२

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० मङ्सीर

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पाल्पाको रामपुर नगरपालिकामा शुभारम्भ गरिएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा शुभारम्भ कार्यक्रम गरिएको हो ।
लंैगिक हिंसाको अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्दता भन्ने नारा सहित अभियान संचालन गरिएको छ । कार्यक्रमको उद्देश्यबारे रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभएको छ ।

कार्यक्रमको संचालन रामपुर नगरपालिकाका महिला तथा सामाजिक विकास शाखा प्रमुख पुजा परियारले गर्नुभएको हो । शुभारम्भ कार्यक्रमको सहजिकरण सहजकर्ता स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियारले गर्नुभएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुख, वडा सचिव, पत्रकार लगायतको सहभागीता थियोे । नगरपालिकाले दशवटै वडामा चरणबद्ध रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अनर्तगत विभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय