latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
शुक्रबार , साउन १, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), १० मङ्सीर

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको पाल्पाको रामपुर नगरपालिकामा शुभारम्भ गरिएको छ । नगर उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा शुभारम्भ कार्यक्रम गरिएको हो ।
लंैगिक हिंसाको अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यवद्दता भन्ने नारा सहित अभियान संचालन गरिएको छ । कार्यक्रमको उद्देश्यबारे रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले जानकारी दिनुभएको छ ।

कार्यक्रमको संचालन रामपुर नगरपालिकाका महिला तथा सामाजिक विकास शाखा प्रमुख पुजा परियारले गर्नुभएको हो । शुभारम्भ कार्यक्रमको सहजिकरण सहजकर्ता स्थानीय शासन तथा लैंगिक शासन विज्ञ सोभिता परियारले गर्नुभएको हो ।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका विषयगत शाखाका प्रमुख, वडा सचिव, पत्रकार लगायतको सहभागीता थियोे । नगरपालिकाले दशवटै वडामा चरणबद्ध रुपमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अनर्तगत विभिन्न कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय