latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको कांग्रेसले निर्देशिका निर्माण गर्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले हिजोको पदाधिकारी बैठकमा स्वयंसेवक परिचालनका लागि निर्देशिका दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका थिए । त्यसका लागि आज बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको हो ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले एकजना प्राविधिक ज्ञान भएको दक्ष व्यक्तिसहित १० जनाका दरले २५ समूह परिचालन गर्ने निर्णय गरेको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रमा खाने बस्ने व्यवस्था गर्न कठिन हुने बैठकमा बिफ्रिङ गरेका थिए । प्रत्यक समूहले आफ्ना लागि खानेकुरा समेत लगेर आफैँ बस्ने व्यवस्था गरी बढीमा पाँच दिन त्यहाँ काम गर्ने महामन्त्रीद्वयले सोमबारको बैठकमा बताएका थिए ।

एकजना प्राविधिक ज्ञान भएको व्यक्तिसमेत राखेर १० जनाको समूह बनाएर २५ वटा समूह पहिलो चरणमा खटाउने कांग्रेसले निर्णय गरेको छ । सुत्केरी, वृद्धवृद्धा भएका परिवारलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय