latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, मंसिर २

नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस पार्टी जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताउनुभएको छ । शनिबार नेपाली काङ्ग्रेस रिब्दिकोट गाउँपालिकाको गाउँ सम्मेलन उद्घाटन गर्दै पार्टी सभापती श्रेष्ठले भुकम्प जस्तो महबिपत्तीमा सबै भन्दा पहिला ५० लाख सहयोगको घोषणा गर्ने र दिने पार्टी काग्रेस भएको धारणा राख्नुभयो । उहाँले कांग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पाटी नभई गरिब जनताको लागि सधै मिसन बनाएर हिड्ने भएकाले गरिबको घरमा दुख पर्दा कांग्रेसलाई सम्झिन समेत आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका सभापती श्रेष्ठले आत्म केन्द्रित राजनितीले पार्टी समाप्त हुने भन्दै संगठनिक संरचना बलियो बनाएर अगाडी बढ्नु पर्ने धारणा राख्नुभयो । पार्टी सभापती श्रेष्ठले केपी आृेलीको घमण्ड र माओबादीको धोम्सात्मक रुप पुन नेपाली जनताले भोग्न नपरोस भनेर माओबादीसंग गठबन्धन गर्नुपर्ने बाध्यता आइपरेको धारणा राख्नुभयो ।
सम्मेलनका प्रमुख अतिथि श्रेष्ठले नेपाली काङ्ग्रेसका जिम्मेवार साथीहरूले आफ्नो पदिय दायित्व अनुसार कार्य गर्नुपर्ने बताउनुभयो । सम्मेलनमा सहभागीहरूलाई सभापति श्रेष्ठ पाटीमा कर्म गरे पछि एक दिन सबैको पालो आउने बताउदै ,अहिले कर्म गर्ने बेला भएको धारणा राख्नुभयो । नेपाली काङ्ग्रेस पाटीको नीति महाधिवेशन हुन गइरहेको बताउदै नीति महाधिवेशनको माध्यमबाट काङ्ग्रेसका नीति तथा सिद्धान्त जनमुखी बनाइ अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

सम्मेलनमा नेपाली काङ्ग्रेसका पुर्व केन्द्रीय सदस्य एवम पुर्व जिल्ला सभापति राजन प्रसाद पन्तले नेपाली काङ्ग्रेस सहित गठबन्धनको सरकारले अहिले देशको नेतृत्व गरिरहेको समयमा काङ्ग्रेसले जनमुखी कार्य गरि अब्बल पाटीको पहिचान बनाउनुपर्ने बताउनुभयो । बिशिष्ट अतिथी समेत रहनुभएका पूर्ब केन्द्रिय सदस्य पन्तले नेपालका कम्युनिष्ट भनेको ऐेजेरु जस्तै भएको बताउदै बिगतमा पन्चायतसंग टासिएको कम्युनिष्ट हाल केही कम्युनिष्टहरु कांग्रेससंग टासिएको धारणा राख्नुभयो । उहाँले नेपालका कम्युनिष्टहरु आफै नबनेको बताउदै २०१७ सालमा राजा महेन्द्रले बनाइदिएको बताउनुभयो ।

सम्मेलनमा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे,पाटी सचिव सुनिता अधिकारी, आमन्त्रित लुम्बिनी प्रदेश समिति सदस्य राम कार्की,क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसि,नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाकर न्यौपाने, जिल्ला सदस्य गिरिजा गैरे नेपाली काङ्ग्रेसका नेता यमलाल तिमिल्सिना,नेपाली काङ्ग्रेस पाल्पाका पूर्ब क्षेत्रिय सभापती राम बहादुर कार्की , प्रदेश समिति सभापती रूक्मागत भट्टराई, तरुण दलका जिल्ला सचिब गोपाल गैरे, बगनासकाली गाउँपालिकाका सभापती ठानेश्वर तिमिल्सेना, युवा परिषद अध्यक्ष धन बहादुर रायमाझी, देउरालीका वार्ड सभापती ओम प्रसाद पोखरेल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सम्मेलन नेपाली काङ्ग्रेस रिब्दीकोट गाउँपालिकाका सभापति रामचन्द्र नेपालको सभापति र स्वागत उपसभापती चन्द्रमणी पोखरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय