latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, कार्तिक २२
पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा टिप्पर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । भने अन्य तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा पाल्पा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेमा निस्दी गाउँपालिका ७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुर जिल्लाको मनोहरी गाउँपालिका वडा नं. ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सह चालक हेटौडा ९ बस्ने आषिश सुनार रहेको प्रहरीले जनाएको छ ।
ज्यामिरे अरुणखोला भित्रि सडक खण्डमा भुटुकेबाट चुनढुङ्गा लिएर नवलपुरको होङ्सी सिमेन्ट तर्फ जादै लु २ ख ५२९ नम्बरको टिप्पर आज बिहान करिब साढे ८ बजेको समयमा दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पाका प्रहरी प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय