latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

बिष्णु खनाल
पाल्पा, कार्तिक १८
दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधी पुरुष तर्फ पाल्पा र महिला तर्फ गुल्मी जिल्लाले जितेको छ ।
आज तानसेनको टुडिखेलमा सम्पन्न प्रतियोगीतामा पुरुष तर्फ पाल्पाका बिरेन्द्र बुढाले रोल्पाका तिलक बुढा मगरलाई पराजित गरि उपाधी हात पारे । महिला तर्फ गुल्मीकी सबिना श्रेष्ठले नवलपरासीकी बसन्ती बिश्वकर्मालाई पराजित गरि उपाधी जित्न सफल भइन ।
पुरुष तर्फ आयोजकका प्रबिण झेडीलाई पराजीत गर्दै पाल्पाका उज्वल गहतराज तेस्रो भए । त्यस्तै महिला तर्फ आयोजककी रोशनी थापालाई पराजीत गर्दै बर्दियाकी ललिता बुढाथोकी तेश्रो भइन् ।
प्रथम पुरस्कार विजेता पुरुष र महिलाले तीस÷तीस हजार नगद, प्रमाण पत्र, गोल्ड मेडल प्राप्त गरे । द्धितिय हुनेले विस÷ विस हजार नगद, प्रमाणपत्र र रजत पदक प्राप्त गरे भने तेस्रो हुनेले दश ÷दश हजार नगद, प्रमाण र कास्य पदक प्राप्त गरे ।
प्रतियोगितामा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु बिच एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा भएको थियो ।
नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुँडिखेल मैदानमा प्रतियोगिता सम्पनन भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्ला खेलाडी सहभागी रहेका थिए । तेक्वान्दोका पूर्ब खेलाडी आयुसा कार्कीले आफ्ना स्वर्गिय बुवा अनिल र आमा रिताको संम्झनामा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता आयोजना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय