latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा, रामपुर नगरपालिकाले नगर भित्रका सबै विद्यालयमा बुक फ्रि फ्राई डे कार्यक्रम लागु गरेको छ । रामपुर नगरपालिकाले सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको शुक्रबार नगर प्रमुख सहितको एक टोलीले अनुगमन गरेको छ ।

रामपुर नगरपालिकाले विद्यालयमा यस आर्थिक बर्षबाट सञ्चालन गरेको बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो । यस कार्यक्रम अन्तर्गत विद्यालयमा हरेक शुक्रबार विद्यार्थीहरुलाई व्यवहारिक सिप सिकाईन्छ । कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान , रामपुर आधारभूत विद्यालय रामपुर ५ कान्जीहाउस र नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा सञ्चालित बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गरेको हो ।

नगर भित्रका विभिन्न विद्यालयहरुमा बुक फ्रि फ्राई डे कार्यक्रमको अनुगमन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विद्यार्थीहरुलाई संस्कार सहितको व्यवहारिक ज्ञान प्रदान गर्नका लागि बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । साथै विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराई सोही कला र क्षमताको विकास गर्न यो कार्यक्रमको अवधारणा ल्याईएको बताउनु भएको छ । नगर प्रमुख थापाले विद्यार्थीहरुको आवश्यकता र चहानालाई समेटेर हरेक विद्यालयले यो कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नुभयो । विद्यालयमा दिईने सैद्धान्तिक ज्ञान व्यवहारिक नहुने र असल व्यक्ति नहुने भन्दै व्यवहारिक ज्ञानले मात्र असल व्यक्ति बनाउने उल्लेख गर्नुभयो । किताबी ज्ञानले मात्र सबै शिक्षा पुरा नहुने भन्दै बुक फ्रि फ्राई डे कार्यक्रमले व्यवहारिक र जिवन उपयोगि सिप सिकाउने बताउनु भएको छ ।

यस्तै रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कक्षामा दिईने शिक्षाले केही हद सम्मको शिक्षा प्रदान गरे पनि व्यवहारिक शिक्षा प्राप्त नहुने बताउनुभयो । नगर क्षेत्रको शिक्षालाई व्यवहारिक र प्रभावकारी बनाउनका लागि नगरपालिकाले बुक फ्रि फ्राई डे कार्यक्रम सञ्चालन गरेको बताउनु भएको छ । यसैगरी रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख विकल कफ्लेले नगरले लिएको शिक्षा नीति अन्तर्गत सबै विद्यालयले यो कार्यक्रमलाई निरन्तरता दिएको र विद्यार्थीहरुको व्यवहारमा पनि परिवर्तन आएको बताउनुभयो ।

यो कार्यक्रम अन्तर्गत बार्षिक रुपमा कार्यतालिका बनाएर विद्यार्थीहरुलाई विभिन्न व्यवहारिक सिप सिकाउँदै आएको नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले जानकारी दिनुभयो । विद्यार्थीहरुमा रहेका प्रतिभाको पहिचान र विद्यार्थीको क्षमतालाई वृद्धि गरि विद्यार्थीहरुको भविष्य निर्माणमा सहज हुने विश्वास लिएको कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पाका प्रधानाध्यापक मनीराज अधिकारीले बताउनुभयो ।  विद्यार्थीहरुलाई हस्तकलाका सामग्री निर्माण , रहन सहन , कला संस्कृति सम्बन्धि सिकाई संगै विद्यार्थीहरुको दिगो सिकाईका निम्ती सहयोग पु¥याएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो ।

 

कालिका माध्यमिक विद्यालय रामपुर ४ देविस्थान पाल्पाका प्रधानाध्यापक मनीराज अधिकारीले बताउनुभयो ।  विद्यार्थीहरुलाई हस्तकलाका सामग्री निर्माण, रहन सहन, कला संस्कृति सम्बन्धि सिकाई संगै विद्यार्थीहरुको दिगो सिकाईका निम्ती सहयोग पु¥याएको रामपुर आधारभुत विद्यायका प्रधानाध्यापक विजय शर्माले बताउनुभयो ।

कार्यक्रम अन्तर्गत यी विद्यालयहरुमा शुक्रबार विद्यार्थीहरुलाई फुलको माला बनाउन सिकाईएको थियो । हाम्रो नर्सरी फम रामपुरका सञ्चालक दिल बहादुर थापाले फुलको माला गाँस्न सिकाउनु भएको थियो । नगर भित्रका विद्यालयले प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि फ्राई डे कार्यक्रम अन्तर्गत विभिन्न व्यवहारिक ज्ञान सिप सिक्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय