latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पाल्पा, १४ कार्तिक
नेपाल बिद्युत प्राधिकरणले तानसेन नगर सरकारलाई बक्यौद बिद्युत महसुल बुझाउन ताकेता गरेको छ । झण्डै दुई दशक देखी नगर सरकारले प्राधिकरणलाई सडक बत्ति बापतको ८ करोड ५१ लाख रुपैया भुक्तानी गर्न बाँकी रहेकाले भुक्तानी गर्न ताकेता गरेको हो ।
प्रधिकरणका पाल्पा प्रमुख दिलिप मरासीनीले करिब १८ बर्ष देखि तानसेन नगरपालिकाले सडक बत्तिबापतको रकम नबुझाएको बताउनुभयो । उहाँले रकम ठूलो भएकाले संघिय सरकारले नै माथिल्लो तहबाट निकास दिनका लागी काम भईरहेको बताउनुभयो ।
तानसेन नगरपालिकाका प्रबक्ता यादबसिं कार्कीेले बिद्युत बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको स्वीकार गर्दै नगर सरकारले त्यती लामो समय देखिको रकम एकै चोटी भुक्तानी गर्न नसक्ने बताउनुभयो । प्रबक्ता कार्कीले संघिय सरकारबाट नै यो समस्या समाधान गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय