latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
बुधबार , असार १०, २०८३

पाल्पा १४ कार्तिक

पाल्पामा यही कार्तिक १७ र १८ गते दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुने भएको छ । नेपाल आइटिएफ तेक्वान्दो महासंघ पाल्पाको आयोजना तानसेनको टुडिखेल मैदानमा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुन लागेको हो । लुम्विनी प्रदेशका १२ जिल्ला, तिन विभागिय टोली र आयोजक टोली गरी ६४ जना खेलाडीहरुले प्रतियोगितामा प्रतिष्प्रर्धा गर्ने भएका छन । प्रतियोगितामा महिला तर्फ ४६ केजी देखी ५२ केजी सम्म र पुरुषमा ४९ केजी देखी ५५ केजी तौल भएका खेलाडीहरु विच एकल स्पारिङ्गमा प्रतिष्प्रर्धा हुने छ । तेक्वान्दो खेलाडी रिता र अनिलको संम्झनामा दोस्रो प्रोफेस्नल लुम्विनी प्रदेश स्तरिय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० हुन गईरहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विषयमा नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाको आयोजनामा तयारीका विषयमा पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाट कार्यक्रममा तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष निर बहादुर सारुले प्रत्येक जिल्ला बाट पुरुष दुई र महिला दुई गरी ४ जनाको दरले प्रतियोगितामा खेलाडीहरुको सहभागिता रहने बताए । प्रथम पुरस्कार विजेता पुरुष र महिलाले तिस तिस हजार नगद, प्रमाण गोल्ड मेडल पुरस्कार पाउने छन भने द्धितिय हुनेले विस विस हजार नगद, प्रमाण र रजत पदक पाउने छन भने तेस्रो हुनेले दश दश हजार नगद, प्रमाण र कास्य पदक पुरस्कार पाउने तेक्वान्दो महासंघ पाल्पा अध्यक्ष सारुले जानकारी दिए । प्रतियोगिता संचालनको लागी करीव साढे ८ लाख रुपैया खर्च लाग्ने र सो व्यबस्थापनको लागी पालिका पालिका बाट सहयोग जुटाईने आईटिएफका पुर्व खेलाडी एव पाल्पाका सल्लाहकार देव पचभैयाले बताए । पाल्पाका आईटिएफ खेलाडीहरुले अन्तरराष्ट्रिय प्रतियोगितामा गोल्डमेडल जितेका थुप्रै खेलाडी रहेको पाल्पाका पालिकाहरुले आवश्यकता अनुसार सहयोग गर्ने विश्वास आईटिएफ पाल्पाले गरेको पचभैयाले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पाल्पामा आईटिएफ खेलप्रति युवाहरुमा आकर्षण बढ्दो रहेको, पाल्पाका विधालय विधालयहरुमा आईटिएफ डोजाङ्ग निर्माण भईरहेको, जिल्लामा प्रशस्त अन्तरराष्ट्रिय प्रतियोगितामा गोल्डमेडल विजेता खेलाडीहरु रहेकोले पाल्पा लाई राष्ट्रिय स्तरमै खेलाडी उत्पादन गर्ने जिल्लाको रुपमा परिचित गराउन सबैपक्ष बाट आवश्यक सहयोग हुनुपर्नेमा जोड दिए ।

नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका कार्यसमिती सदस्य कृष्ण कार्कीले प्रतियोगिता सम्पन्न गर्नको लागी आईटिएफ पाल्पा संग सहकार्य गरी काम गर्दै आएको बताए । कार्यक्रममा सहभागी भएकी आईटिएफकी पुर्व राष्ट्रिय खेलाडी आयुसा कार्कीले प्रतियोगिता सम्पन्न गराउन आफु विदेश बाट स्वदेमै आएको बताईन । पाल्पामा १४ वटा डोजाङ्ग बाट नियमित रुपमा आईटिएफका खेलहरु संचालन हुदै आएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय